गुगलका यि एपको वारेमा तपाईलाई थाहा छ ?

गुगलका यि एपको वारेमा तपाईलाई थाहा छ ?


इन्टरनेटको दुनियाँमा आफ्नै किसिमको साम्राज्य कायम गरेको गुगललाई साइबरको क्षेत्रमा सर्वाधिक विश्वासिलो मानिन्छ । कम्प्युटर, मोवाइल होस् वा अन्य कुनै किसिमको ग्याजेट चलाउनेले गुगलको कुनै प्रडक्ट नचलाएको कमै हुने गरेको छ ।

आज हामीले गुगलले स्मार्टफोनमा उपलब्ध गराएका केही एप्सहरुको वारेमा चर्चा गर्ने छौं । जुन एप्सहरुलाई धेरै कम प्रयोगकर्ताहरुले दैनिक जीवनमा चलाउने गरेका छन् । तर यि एपहरु कसैकसैलाई भने धेरै नै उपयोगि हुने देखिन्छ ।

एण्ड्रोइड प्रयोगकर्ताहरुले गुगलको प्लेस्टोरवाट निशुल्क डाउनलोड गर्न मिल्ने एप्सहरु यस्ता रहेका छन् ।

फोटो स्यान: यो एपको मद्धतले कुनै पनि फोटोलाई स्मार्टफोनवाट स्क्यान गरेर आफुसंग सुरक्षित राख्न सकिन्छ । त्यसपछि आफुले चाहे अनुसार एडिट र सेयर पनि गर्न सकिन्छ ।

डाटाल्लि: यो एपले तपाईको स्मार्टफोनले कत्तिको डाटा लिइरहेको छ भन्ने कुरा थाहा पाउन मद्धत गर्छ । यसरी आएका डाटाहरु अनावश्यक रहेको वा अत्याधिक रहेमा त्यसलाई नियन्त्रण गरेर आवश्यक्ता अनुसारको डाटालाई मात्र लिन सकिन्छ ।

ओपिनियन रिवार्ड: यो एप मार्फत् तपाई कुनै पनि किसिमको सर्वेक्षणमा सहभागि हुन पाउनु हुने छ । यो एप मार्फत् तपाई लोकल गाइड बनेर आम्दानी समेत गर्न सक्नु हुन्छ । क्रेडिटको रुपमा हुने यो आम्दानीलाई तपाईले कुनै किन्नु पर्ने एप किनेर वा गुगलसंग सम्बन्धित सामग्रीहरु खरिद गरेर गर्न सक्नुहुन्छ ।

फाइल्स गो: गुगलको यो एक फाइल मैनेजर एप हो । यो एपको मार्फत् तपाईले कुनै पनि फाइललाई अन्यत्र पठाउन, सेयर गर्न सक्नु हुन्छ । यदी फाइलहरुले मोवाइलको स्टोर धेरै ओगटेको अवस्थामा यसमा लगेर राख्न पनि सक्नुहुन्छ ।

गुगल किप: गुगलको यो एक किसिमको रिमाइण्डर एप हो । आफुले गर्नुपर्ने बिभिन्न कामहरु यसमा राखेपछि यसले निर्धारित समय भन्दा अगाडी आफ्नो सेटिङ अनुसार नोटिफिकेसन दिएर संझाउने काम गर्छ ।

गुगल ट्रिप: यो एपले कुनै पनि यात्रामा जादा चाहिने सुचनाहरु प्रयोगकर्तालाई दिने गर्छ । तपाई जाने स्थानको जानकारी दिएमा यसले त्यहाँको घुम्ने ठाउँ, यातायातको ब्यवस्था आदी जस्ता जानकारीहरु दिने गर्छ ।

गुगल फिट: यो एपको मद्धतले तपाई आफुलाई स्वस्थ राख्न सक्नुहुन्छ । तपाईले गरेका कसरतहरुको ट्रयाक गर्नुका साथै उपायहरु पनि यसले बताउने गर्छ ।

गुगल क्लासरुम: अनलाईन कम्युनिकेसनको रुपमा रहेको यो एपले तपाईलाई कक्षा कोठामै बसेर पढेको अनुभव गराउछ । यो एप मार्फत् तपाईले पढ्नुका साथै होमवर्कहरु समेत पाउनु हुनेछ ।

Logo