युवापुस्तामा हस्तमैथुनबारे विभिन्न धारणाहरु ब्याप्त छन् । के हस्तमैथुनका कारण स्वास्थ्यमा नकारात्मक असर गर्छ ? हस्तमैथुनबाट कुनै रोग लाग्छ ? यस्तै यस्तै अन्यौलकाबीच छन्, युवा पुस्ताहरुमा हस्तमैथुनबारे आफ्ना आफ्ना धारणा छन् । "/>

हस्तमैथुन गर्नुहुन्छ ? यी कुरा महत्वपूर्ण छन् है..

हस्तमैथुन गर्नुहुन्छ ? यी कुरा महत्वपूर्ण छन् है..


युवापुस्तामा हस्तमैथुनबारे विभिन्न धारणाहरु ब्याप्त छन् । के हस्तमैथुनका कारण स्वास्थ्यमा नकारात्मक असर गर्छ ? हस्तमैथुनबाट कुनै रोग लाग्छ ? यस्तै यस्तै अन्यौलकाबीच छन्, युवा पुस्ताहरुमा हस्तमैथुनबारे आफ्ना आफ्ना धारणा छन् ।

तर स्वास्थयका दृष्टिकोणले हेर्ने हो भने हस्तमैथुनले स्वास्थयमा कुनै नकारात्मक असर गर्दैन । यो स्वभाविक प्रकृया हो । हस्तमैथुन गर्नाले बिभिन्न यौन दुर्घटनाबाट जोगिन सकिन्छ । 

अनुसन्धानकर्ता भन्छन्, अनुसन्धान हेर्दा हप्तामा ३ पटकसम्म हस्तमैथुन गर्नुलाई फाइदाको रुपमा हेरीएको छ । तर मनलागे अनुसार नै हस्तमैथुन गर्दा खासै फरक नपर्ने देखिएको छ । नियमित हस्तमैथुनले फ्रेस बनाउँछ ।

एक तथ्याङक अनुसार अहिले पनि ९४ प्रतिशत पुरुष र ८९ प्रतिशत महिला नियमित रुपमा हस्तमैथुन गर्दछन् । हस्तमैथुनलाई कयौं दृष्टीले फाइदाजनक र उपयोगी मानिएको छ ।

फाइदा

अहिले यस्तो अवस्थामा हस्तमैथुन यसका लागि उपयोगी माध्यमका रुपमा देखा परेका छ । यौनआनन्द पाउने उपायहरूमध्ये यौन अङ्गको घर्षण नै प्रमुख हो । यौनसम्पर्कमा यौनाङ्गहरू नै एकआपसमा घर्षण गराइन्छ ।

यस्तो घर्षण अरू कसैको यौन अङ्गमा गराउँदा मात्र होइन, हातले गराउँदा पनि आनन्द आउँछ । सिद्वान्ततः यौनसम्पर्क गर्दा र हस्तमैथुन गर्दा यौन आनन्द पाउने प्रक्रिया उस्तै हो, त्यसैले सम्भोग गर्दा हानि नहुने र हस्तमैथुन गर्दा हानि हुने कुरा भन्न मिलेन । कतिपय गलत धारणा वा भ्रमहरू व्याप्त भए पनि हस्तमैथुनले स्वास्थ्यसम्बन्धी हानिनोक्सानी गर्दैन । हस्तमैथुनले यौनइच्छाको दमनबाट हुने तनावबाट मुक्ति दिलाउँछ ।

त्यसैले हस्थमैथुनले अनावश्यक गर्भधारण, देहव्यापारीसँगको यौनसम्बन्ध, यस्ता क्रियाकलापमा खर्च हुने धन तथा समयको दुरुपयोगबाट पनि बचाउँछ । अर्को व्यक्तिसँग यौनसम्पर्क नै नहुने भएकाले अहिले चर्चामा रहेका एड्स वा अन्य यौनरोगहरू लाग्नबाट पनि बचिन्छ ।

हस्तमैथुन स्वस्थ्य रहने एउटा गतिलो उपाय हो ।

हस्तमैथुनले इनसोम्निया, तनाब, एनजाइटी, मेन्सट्रुअल क्र्याम्प, डिप्रेसन जस्ता रोगबाट पर राख्दछ ।

हस्तमैथुनले प्रतिरोध क्षमता बढाउँछ ।

यो एउटा राम्रो व्यायाम पनि हो ।

हस्तमैथुनले सेक्स झैं मानिसलाइ चरम आनन्द दिन्छ ।

हस्तमैथुन सुरक्षित छ ।

बेफाईदा

अहिलेदेखि हस्तमैथुन गर्नाले पछि विवाह गरेपछि त्यसले नकारातमक असर पार्न सक्छ । हस्तमैथुनको बानी परेपछि यौन सम्पर्कमा ध्यान नजाने र तपाईको सम्बन्ध बिग्रने सम्भावना पनि हुन सक्छ । तपाईंलाई महिलासँगको यौनसम्पर्क हुँदा यौनेच्छा शान्त पार्ने वैकल्पिक उपायको आवश्यकता नभएको देखिएको छ, तर तपाईंले विवाहभन्दा बाहिरको यौनसम्बन्धले ल्याउने समस्याका बारे मा विचार पुर्यापउनुभएकै होला ।

मानिसहरु विवाहपछि पनि हस्तमैथुन गर्छन् । कतिपय परिस्थितिमा विवाहित भए पनि यौनसम्पर्कका अवसरहरू प्राप्त नहुँदा यस्तो गरिन्छ भने कहिले अवसर पाएको स्थितिमा पनि । पहिलेदेखि बानी परेका केही व्यक्ति सजिलो रूपमा यौन चरमसुख पाउन हस्तमैथुन गर्छन् ।

Logo