प्रधानमन्त्री ओलीले आज महत्वपूर्ण सम्बोधन गर्दै

प्रधानमन्त्री ओलीले आज महत्वपूर्ण सम्बोधन गर्दै


काठमाडौँ  । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभाको बैठकमा सार्वजनिक महत्वको वक्तव्य दिने भएको छ । 

संघीय संसद् सचिवालयले प्रधानमन्त्री ओलीले सार्वजनिक महत्वको वक्तव्य दिनेलगायत कार्यसूची तय गरेको छ । प्रधानमन्त्री ओलीले गत फागुन २८ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको युएस बंगलाको विमान दुर्घटना र समसामयिक विषयमा वक्तव्य दिने बुझिएको छ । सो विषयमा बैठकले दुर्घटनामा निधन भएकाहरुलाई श्रञ्द्धाजलि दिने विशेष प्रस्तावसमेत पारित गर्नेछ । 

बैठकमा उपसभामुखको निर्वाचनको कार्यसूची पनि छ ।

Skip This
Logo