मन्त्रिपरिषद्को निर्णय तोडेर मन्त्रिपरिषद विस्तार गरिँदै !

मन्त्रिपरिषद्को निर्णय तोडेर मन्त्रिपरिषद विस्तार गरिँदै !


प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद विस्तार गर्ने भएका छन् । संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीलाई समेटेर मन्त्रिपरिषद विस्तार गर्न लागेका हुन् ।

संघीय समाजवादी फोरम सरकारमा सहभागी हुने लगभग निश्चित भएपनि राष्ट्रिय जनता पार्टीसँग भने छलफल जारी रहेको छ । आज बिस्तार गरिने मन्त्रिपरिषदमा एमाले र माओवादीका मन्त्रीहरु समेत थपिने छन् ।  एमालेलाई प्रधानमन्त्रीसहित १०, माओवादीलाई ६ र फोरमलाई २ मन्त्रालय हुने गरि भागबण्डा गरिएको बुझिएको छ । त्यस्तै राजपालाई पनि दुई मन्त्रालय दिने तयारी गरेको छ ।

मधेशवादी दललाई सरकारमा सहभागी गराउन मन्त्रालयको संख्या पनि थप गर्ने तयारी भैरहेको छ । संवैधानिक व्यवस्था अनुसार प्रधानमन्त्री कार्यालय सहित २५ मन्त्रालय गठन गर्न सक्नेछ । यस अघि मन्त्रिपरिषद्ले १७ वटा मन्त्रालय कायम गर्ने निर्णय गरेको थियो ।

Logo