हेटौँडा
प्रदेश नं ३ को चालु आर्थिक वर्षको पहिलो बजेट यही चैत २० गते भित्र पेश गरिने भएको छ । हिजो साँझ बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले सो निर्णय गर्नाका साथै सरकारको प्रवक्तामा आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेललाई तोकेको छ । "/>

प्रदेश नं ३ को बजेट चैत २० भित्र आउने

प्रदेश नं ३ को बजेट चैत २० भित्र आउने


हेटौँडा
प्रदेश नं ३ को चालु आर्थिक वर्षको पहिलो बजेट यही चैत २० गते भित्र पेश गरिने भएको छ । हिजो साँझ बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले सो निर्णय गर्नाका साथै सरकारको प्रवक्तामा आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेललाई तोकेको छ । बैठकले आन्तरिक मामिला तथा कानून मन्त्रालयले तयार पारेको विधेयक, स्थानीय तहको सेवा सुविधा सम्बन्धी विधेयक र केही सार्वजनिक लिखत प्रमाणीकरण सम्बन्धी विधेयक पारित गरेको छ । ती विधेयक संसद सचिवालयमा शुक्रबार दर्ता गरिने प्रवक्ता ढुंगेलले सञ्चारकर्मीलाई जानकारी दिए । प्रदेश सरकारले तीन महिना भित्र २३ कानून निर्माण गरिसक्ने लक्ष्य सहित काम भइरहेको जनाएको छ । ती मध्ये प्रदेशसभा नियमावली पारित भइसकेको छ भने २२ कानून निर्माण हुन बाँकी छन् ।
रासस

Logo