काठमाडौं
सरकारी ढिलासुस्तीका कारण हवाई यात्रुको बिमा रकम ६ दशक सम्म वृद्धि हुन सकेको छैन । यसले हवाई दुर्घटनामा परेका मृतकका आफन्तले अन्य मुलुक बराबर पाउनु पर्ने बिमा रकमको थोरै अंश मात्र पाउने गरेका छन् । "/>

सरकारी ढिलासुस्तीले हवाई यात्रुको बिमा रकम बढेन

सरकारी ढिलासुस्तीले हवाई यात्रुको बिमा रकम बढेन


काठमाडौं
सरकारी ढिलासुस्तीका कारण हवाई यात्रुको बिमा रकम ६ दशक सम्म वृद्धि हुन सकेको छैन । यसले हवाई दुर्घटनामा परेका मृतकका आफन्तले अन्य मुलुक बराबर पाउनु पर्ने बिमा रकमको थोरै अंश मात्र पाउने गरेका छन् । यसबाट बिमान दुर्घटनाका मृतक परिवारले बिमा रकम बापत अन्तर्राष्ट्रिय मापदण्ड भन्दा झन्डै ६ गुणा कम मात्र पाउने छन् ।

सोमबार दुर्घटनामा परेको यूएस–बंगला एयरलाइन्सको जहाज दुर्घटनामा परेका मृतकहरूको परिवारले पुनर्बिमा कम्पनीबाट प्रतिव्यक्ति २० हजार डलर मात्र पाउने छन् । जबकि एउटा अन्तर्राष्ट्रिय अभिसन्धि संसदबाट बेलैमा पास गरिदिएको भए प्रतिपरिवार १ लाख १३ हजार डलर सम्म पाउने थिए । दुर्घटनामा हाल सम्म ५१ जनाको मृत्यु भएको छ । बंगलादेश र नेपाल दुवै राष्ट्रले सन् १९९९ मा क्यानडामा भएको ‘मान्ट्रेयल कन्भेन्सन’ मा प्रतिवद्धता गरे पनि हाल सम्म संसदबाट अनुमोदन नगर्दा बिमा रकम थोरै पाउने भएका हुन् । चीन र माल्दिभ्सका एक एक नागरिक दुर्घटनामा परेका छन् । यी दुवै देशले ‘मान्ट्रेयल कन्भेन्सन’ प्रतिवद्धता अनुमोदन गरे पनि बंगलादेशले अनुमोदन नगरेका कारण उनीहरूका आफन्तले समेत यो रकम पाउने सम्भावना कम भएको छ । महासन्धिलाई नेपाल सरकारले मात्र अनुमोदन गरेको भए मृतकका प्रत्येक परिवारले १ लाख १३ हजार १ सय डलर पाउने थिए । उक्त महासन्धिमा बंगलादेशले पनि प्रतिवद्धता जनाए पनि अनुमोदन गरेको छैन । दुवै देशले नगरेको कारण मृतकका परिवारले २० हजार डलर मात्र पाउने छन् ।

ठूला देशहरूले वार्सा कन्भेन्सनलाई कार्यान्वयनमा लगेका छन् । जसमा बिमा रकम १ लाख ५० हजार डलर छ । तर नेपालले भने १९५५ को ‘हेग प्रोटेकल’ कार्यान्वयमा राखेको छ । सरकारले अन्तर्राष्ट्रिय समुदायलाई विश्वासमा लिनको लागि पनि महासन्धि अनुमोदन गर्नु पर्नेमा प्रक्रियागत ढिलाइले हवाई यात्रुहरू मारमा परेका छन् । ‘मान्ट्रेयल कन्भेन्सन’ अनुमोदनको लागि कानुन मन्त्रालय पठाइएको तर कानुनमा अड्किएकोले रोकिएको संकृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका हवाई महाशाखाका प्रमुख तथा सहसचिव सुरेश आचार्यका जानकारी दिए ।
कारोबारबाट

Logo