काठमाडौं
अधिकांश सचिवले सरकारबाट सुविधा स्वरूप पाएको सवारी साधनको सेतो (सरकारी) नम्बर प्लेट फेरेर रातो (निजी) बनाउन गृह मन्त्रालय माथि दबाब दिन थालेका छन् । "/>

सरकारी गाडीको चरम दुरूपयोग : सचिवहरु रातै प्लेटमा

सरकारी गाडीको चरम दुरूपयोग : सचिवहरु रातै प्लेटमा


काठमाडौं
अधिकांश सचिवले सरकारबाट सुविधा स्वरूप पाएको सवारी साधनको सेतो (सरकारी) नम्बर प्लेट फेरेर रातो (निजी) बनाउन गृह मन्त्रालय माथि दबाब दिन थालेका छन् । परराष्ट्र सचिव शंकरदास वैरागीले आफूले प्रयोग गरिरहेको सरकारी गाडीको रातो प्लेटको समय ६ महिना बढाउन गृहमन्त्री राम बहादुर थापाको सचिवालयको शक्ति प्रयोग गर्दै दबाब दिएका छन् ।

सचिव वैरागीले गृहमन्त्री थापाको स्वकीय सचिवालय मार्फत छिटो भन्दा छिटो रातो प्लेटको आफ्नो गाडीको म्याद थप्न गृहको आन्तरिक व्यवस्थापन शाखा माथि तीव्र दबाब दिन थालेको गृहले जानकारी दिएको छ । परराष्ट्र सचिव वैरागी सरकारले सुविधा स्वरूप दिएको गाडीको नम्बर बा १५ च ७११ नम्बरको रातो प्लेट बनाएर चढिरहेका छन् । नियम अनुसार उनको सरकारी गाडीमा बा २ झ २२७ नम्बरको सेतो प्लेट हुनु पर्नेमा फेरेर रातो प्लेट बनाएर प्रयोग गरिरहेका छन् । वैरागीले चढिरहेको गाडीको रातो (निजी) प्लेटको अवधि गत पुसमा सकिएपछि उनले रातो प्लेटको अवधि ६ महिना थप्न माग गर्दै गृहमा गत माघको पहिलो साता नै पत्र पठाएका थिए । गृहले उनको पत्र त्यसै थन्क्याएको थियो । अहिले उनले गृहमन्त्री थापाको सचिवालय मार्फत आन्तरिक व्यवस्थापन शाखा माथि बारम्बार दबाब दिइरहेको गृहस्रोतले बताएको छ ।

गृहका अनुसार मंगलबार गृहमन्त्रीको स्वकीय सचिवालयका एक सदस्यले शाखामा नै गएर परराष्ट्र सचिवको रातो प्लेटको म्याद थप किन नगरेको भन्दै सोधखोज गरेका थिए । आन्तरिक व्यवस्थापन शाखाका उपसचिव यदुनाथ पौडेलले परराष्ट्र सचिव लगायत २० जना भन्दा धेरै अधिकारीको रातो प्लेट कायम गर्न माग गर्दै पत्र प्राप्त भए पनि अनुमति नदिइएको जानकारी दिए । उनले गृहमन्त्रीको सचिवालय मार्फत परराष्ट्र सचिवको गाडीबारे के भएको हो भनेर सामान्य जानकारी लिइएको र कुनै दबाब नआएको जानकारी दिए ।
अन्नपूर्णबाट

Logo