काठमाडौँ
चालू आर्थिक वर्षको माघ मसान्त सम्म एक नम्बर प्रदेशका ९ वटा जिल्लामा विद्युत चुहावट करिब ४ प्रतिशतले घटेको छ । "/>

पूर्वमा विद्युत चुहावट ४ प्रतिशतले घट्यो

पूर्वमा विद्युत चुहावट ४ प्रतिशतले घट्यो


काठमाडौँ
चालू आर्थिक वर्षको माघ मसान्त सम्म एक नम्बर प्रदेशका ९ वटा जिल्लामा विद्युत चुहावट करिब ४ प्रतिशतले घटेको छ । नेपाल विद्युत प्राधिकरण पूर्वाञ्चल क्षेत्रीय कार्यालय अन्तर्गतका १७ वितरण तथा ग्राहक सेवा केन्द्रले गत आर्थिक वर्ष २०७३⁄७४ मा रहेको १७ दशमलव ६५ प्रतिशत चुहावटलाई माघ सम्ममा ३ दशमलव ९१ प्रतिशतले घटाएर १३ दशमलव ७४ प्रतिशत कायम गरेका छन् ।

क्षेत्रीय कार्यालय अन्तर्गतको वितरण प्रणालीमा माघ सम्ममा ५५ करोड १० लाख युनिट ऊर्जा प्रवाह भएकोमा ४७ करोड ५३ लाख युनिट बिक्री भएको छ । प्रणालीबाट सात करोड ५७ लाख युनिट ऊर्जा चुहावट भएको प्राधिकरणले जनाएको छ । विराटनगर वितरण केन्द्रले १४ दशमलव शून्य ५ प्रतिशत रहेको चुहावटलाई ४ दशमलव २१ प्रतिशतले घटाएर ९ दशमलव ८४ प्रतिशत कायम गरेको छ । दुहवी वितरण केन्द्रले ८ दशमलव ९५ प्रतिशत रहेको विद्युत चुहावटलाई ३ दशमलव ७ प्रतिशतले घटाएर ५ दशमलव ८८ प्रतिशत पुर्याएको छ । विराटनगर र दुहवी कार्यालय अन्तर्गत ठूला औद्योगिक ग्राहक रहेका छन् ।

दमक वितरण केन्द्रले ४ दशलमव ७३ प्रतिशतले चुहावट घटाएको छ । केन्द्रले गत असार सम्मको २३ दशमलव २२ प्रतिशतको चुहावटलाई घटाएर १८ दशमलव ४९ प्रतिशतमा झारेको हो । मोरङको रंगेली वितरण केन्द्रको चुहावट भने अझै ३२ दशमलव ३० प्रतिशत छ । असार सम्ममा ३६ दशमलव ४२ प्रतिशत चुहावट रहेको रंगेली वितरण केन्द्रमा माघ सम्ममा ४ दशमलव १२ प्रतिशत मात्रै घटेको छ ।
नेपाल समाचारपत्रबाट

Logo