काठमाडौँ
नेपाल सरकारका अर्थमन्त्री डा. युवराज खतिवडा बुधबार दिल्ली जाँदैछन् । बुधबार देखि हरियाणा राज्यको गुरुग्राममा शुरु हुने प्रतिआतंकवाद सम्मेलन २०१८ (काउन्टर टेरोरिज्म कन्फरेन्स) मा भाग लिन उनी दिल्ली जान लागेका हुन् । "/>

अर्थमन्त्री आज देखि भारत भ्रमणमा, राजनीतिक भेटघाट भने नहुने

अर्थमन्त्री आज देखि भारत भ्रमणमा, राजनीतिक भेटघाट भने नहुने


काठमाडौँ
नेपाल सरकारका अर्थमन्त्री डा. युवराज खतिवडा बुधबार दिल्ली जाँदैछन् । बुधबार देखि हरियाणा राज्यको गुरुग्राममा शुरु हुने प्रतिआतंकवाद सम्मेलन २०१८ (काउन्टर टेरोरिज्म कन्फरेन्स) मा भाग लिन उनी दिल्ली जान लागेका हुन् । तीन दिने सो सम्मेलनको उद्घाटन सत्रमा कि नोट स्पिकर (मुख्य वक्ता) को रुपमा अर्थमन्त्री खतिवडा सहभागी हुँदैछन् । उद्घाटन सत्रमा गुहमन्त्री राजनाथ सिंहका साथ अर्थमन्त्री खतिवडाले मञ्च साझा गर्नेछन् ।

वाम गठबन्धनको नेतृत्वमा बनेको नयाँ सरकारका तर्फबाट भारत जान लागेका उनी पहिलो मन्त्री हुन् । ‘अर्थमन्त्री खतिवडा बुधबार अपरान्ह दिल्ली गएर उदघाटन सत्रमा सहभागी हुने कार्यक्रम छ’, नयाँ दिल्ली स्थित नेपाली दूतावासका प्रवक्ता हरि ओडारीले भने

विहीबार नै फर्किने गरि जान लागेका अर्थमन्त्रीको द्विपक्षीय राजनीतिक भेटघाटको कार्यक्रम भने नरहेको उनले बताए । बधबार साँझ सम्मेलनको उद्घाटन सत्र रहेको छ । अर्थमन्त्री खतिवडा बुधबार अपरान्ह दिल्ली आएर विहीबार विहान फर्किने कार्यक्रम रहेको प्रवक्ता ओडारीले जानकारी दिए । सम्मेलनमा खतिवडाले प्रतिआतकंवाद बारेमा नेपालको धारणा राख्नेछन् । सत्तारुढ भारतीय जनता पार्टी निकट थिंक ट्यांकहरुको संस्था इण्डिया फाउन्डेसनको आयोजनामा हुन लागेको सम्मेलनको चौथो संस्करणको विषय बैश्विक आतंकवादको परिवर्तित स्वरुप रहेको छ ।
अन्नपूर्णबाट

Logo