कैलाली,
कैलालीको घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरी माथि गोलीप्रहार भएको छ । सोमबार राती ८ बजेतिर चौधरी माथि खुकुरी र गोलीप्रहार भएको बताइएको छ । "/>

घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद माथि अज्ञात समुहद्वारा गोली प्रहार

घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद माथि अज्ञात समुहद्वारा गोली प्रहार


कैलाली,
कैलालीको घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरी माथि गोलीप्रहार भएको छ । सोमबार राती ८ बजेतिर चौधरी माथि खुकुरी र गोलीप्रहार भएको बताइएको छ । आफ्नै निवासमा रहेको अवस्थामा चौधरी माथि अहिले राती ८ बजेर १० मिनेटको समयमा अज्ञात समूहले गोली प्रहार गरेको प्रहरीले जानकारी दिएको छ । चौधरीको छातीमा गोली लागेको बताइएको छ । मेयर चौधरीको सुक्खडमा रहेको अस्पतालमा उपचार भइरहेको छ । उनलाई थप उपचारका लागि काठमाडौं लैजाने तयारी भइरहेको छ ।

प्रमुख चौधरी माथि महिला दिवसको दिन राधा चौधरीलाई बोक्सीको आरोपमा ७ घण्टा कुटपिट गर्ने धामी झाँक्रीलाई छुटाएको आरोप लागेको थियो । उनी माथि नेकपा एमाले कैलाली जिल्लाले अनुसन्धान गर्न समिति गठन गरेको थियो । घरमै बसीरहेको बेला दुई वटा मोटरसाईकलमा आएका चार जनाले चौधरी माथि गोली प्रहार गरेका थिए ।

सुखड प्रहरी कार्यालयका अनुसार अज्ञात समुहले नगर प्रमुख चौधरीको कम्मर मुनि गोली र टाउकोमा खुकुरी प्रहार गरेका थिए । उनको अवस्था अहिले गम्भिर रहेको छ । उनलाई घोडाघोडी अस्पतालमा प्राथमिक उपचार गरेपछि कोहलपुर अस्पतालमा रिफर गरिएको छ । चौधरी माथि प्रहार गरेपछि एकै मोटरसाईकलमा चार जना फरार भएका थिए । से २ प ३६७१ नम्बरको मोटरसाईकल प्रहरीले नगर प्रमुखको घरबाट बरामद गरेको छ । सो मोटरसाईकलमा आक्रमणकारी आएका थिए । चौधरीको घर भन्दा ३० मिटर दुरीमा रहेको रामबहादुर महराले आक्रमण हुन थालेपछि नगर प्रमुख चौधरीले बचाउ भनेको सुनेर घरमा पुगेको र आक्रमणकारी भागेको बताए । महराले नै चौधरीलाई सुखडको घोडाघोडी अस्पतालमा मोटरसाईकलमा राखेर पुर्याएका थिए ।

Logo