काठमाडौँ
चालु आर्थिक वर्ष २०७४,०७५ को सात महिनामै दुई लाख भन्दा बढी सवारीसाधन दर्ता भएका छन् । तर चालु आवको सात महिनामा दर्ता भएका सवारीको संख्या गत आवको ६ महिनाको संख्या बराबर छ । "/>

सात महिनामै थपिए दुई लाख सवारी साधन

सात महिनामै थपिए दुई लाख सवारी साधन


काठमाडौँ
चालु आर्थिक वर्ष २०७४,०७५ को सात महिनामै दुई लाख भन्दा बढी सवारीसाधन दर्ता भएका छन् । तर चालु आवको सात महिनामा दर्ता भएका सवारीको संख्या गत आवको ६ महिनाको संख्या बराबर छ । सात महिनामा कार, जिप दर्ताको संख्यामा भने गिरावट आएको छ ।

यातायात व्यवस्था विभागका महानिर्देशक रूपनारायण भट्टराईका अनुसार चालु आवको सात महिनामा देशभरका यातायात कार्यालयमा दुई लाख १६ हजार ९८६ वटा सवारी दर्ता भएका छन् । तर गत आवको ६ महिनामै दुई लाख ११ हजार नौ सय ६९ सवारी दर्ता भएका थिए । चालु आवको सात महिनामा दर्ता भएका सावारीको संख्या गत आवको ६ महिनामा दर्ता भएका सवारी संख्या भन्दा पाँच हजार १७ ले बढी हो ।

थपिएका सवारीको संख्या गत आवमा भित्रिएका कुल सवारीको ४८ प्रतिशत हो । गत आवमा चार लाख ४४ हजार दुई सय ५९ सवारी दर्ता भएका थिए । यसैगरी गत आवको ६ महिनामा भने आव २०७२, ७३ मा दर्ता भएका सवारीको ३८ प्रतिशत सवारी थपिएका थिए । गत आवको ६ महिनामा दुई लाख ११ हजार नौ सय ६९ सवारी थपिएका थिए । नेपालमा कार, जिप, भ्यान, बस, पिकअप, ट्रक, क्रेन, डोजर, एस्काभेटर, माइक्रो बस, टेम्पो, ट्र्याक्टर, ई–रिक्सा लगायत गाडी आयात हुन्छन् । थपिएका सवारी मध्ये मोटरसाइकलको संख्या धेरै छ । चालु आवको सात महिनामा एक लाख ७७ हजार ६ सय ३० वटा मोटरसाइकल तथा स्कुटर दर्ता भएका छन् । कुल दर्ता भएका सवारी मध्ये ८१ प्रतिशत मोटरसाइकल छन् । तर गत आवको ६ महिनामै एक लाख ६३ हजार दुई ५५ वटा मोटरसाइकल दर्ता भएको थियो ।
अन्नपूर्णबाट

Logo