काठमाडौँ
प्रतिनिधिसभाका सभामुख कृष्ण बहादुर महराले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार बिहान राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित एक समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट महराले सपथ लिएका हुन् । "/>

सभामुख महराले सपथ लिए

सभामुख महराले सपथ लिए


काठमाडौँ
प्रतिनिधिसभाका सभामुख कृष्ण बहादुर महराले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार बिहान राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित एक समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट महराले सपथ लिएका हुन् ।

सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओली, प्रधानन्यायाधिश गोपालप्रसाद पराजुलीको उपस्थिति थियो । महरा शनिबार प्रतिनिधिसभाको सभामुखमा निर्वाचित भएका हुन् ।

यता प्रतिनिधिसभाका उपसभामुखको चयन आगामी चैत २ गते शुक्रबार १३.०० बजे हुने भएको छ । प्रतिनिधिसभाको हिजोको बैठकले उपसभामुखको मिति तोकेको हो । सभामुख कृष्णबहादुर महराले उपसभामुख चयनको निर्वाचन प्रक्रिया तत्काल अगाडि बढाउन संघीय संसद सचिवालयका महासचिव मनोहरप्रसाद भटृराईलाई निर्देशन दिए । प्रतिनिधिसभाको अर्को बैठक आगामी चैत २ गते १३.०० बजे बस्नेछ ।
रासस

Logo