पर्वत
स्थानीय तहको नयाँ व्यवस्था कार्यान्वयन भए देखि नै कुश्मा नगरपालिकाको कार्यालय मासिक ३० हजार रुपैयाँ तिरेर भाडाको घरमा छ । "/>

पर्वतका अधिकांश स्थानिय तहका कार्यालय भाडाका घरमा

पर्वतका अधिकांश स्थानिय तहका कार्यालय भाडाका घरमा


पर्वत
स्थानीय तहको नयाँ व्यवस्था कार्यान्वयन भए देखि नै कुश्मा नगरपालिकाको कार्यालय मासिक ३० हजार रुपैयाँ तिरेर भाडाको घरमा छ । जिल्लाका अरु स्थानीय तह मध्ये सम्पन्न मानिने कुश्माको पाँच वर्ष सम्म कार्यालय भवन बन्न सकेको छैन । नगरपालिकाका ४, ५, ६, ७, ९ र ११ का वडा कार्यालय पनि भाडाका घरमै सञ्चालित छन् । साबिकका केही गाविसले हालका वडाको सेवा पुरानै कार्यालयबाट दिँदै आएको भए पनि नगरका आधाभन्दा बढी वडा कार्यालय भाडाका घरमै सञ्चालित छन् । वडा कार्यालयले मासिक साँढे ७ देखि १० हजार रुपैयाँ सम्म भाडा तिर्छन् ।

०७३ फागुन देखि कार्यान्वयनमा आएको फलेवास नगरपालिका पनि भाडामै छ । स्थानीय मोती सामुदायिक पुस्तकालयको तीनवटा साँघुरा कोठा भाडामा लिएर फलेवास नगरपालिकाको कार्यसम्पादन भइरहेको छ । पैयुँ र मोदी गाउँपालिका पनि भाडाको घरमै छन् । महाशिला, विहादी र जलजलाले साबिकका दुई–तीनकोठे गाविस भवनबाट गाउँपालिका अन्तर्गतका सबै विषयगत कार्यालयको कार्यसम्पादन गर्दै आएका छन्  । स्थानीय तह कार्यान्वयनपछि साबिक सदरमुकामबाट हुने ३६ भन्दा बढी विषयगत कार्यालयका कार्यसम्पादन गाउँपालिका र नगरपालिकाबाटै गर्नु पर्ने व्यवस्था छ ।

फलेवास नगरपालिकाका विषयगत आधा दर्जनजति कार्यालयले कृषि र पशु सेवाकेन्द्रको भवनका कोठाबाट कार्यसम्पादन गरिरहेका छन् । कतिपय कार्यालयका कर्मचारीलाई बस्ने कुर्सी समेतको व्यवस्थापन नहुँदा कार्यसम्पादनमा समस्या छ । ‘बस्ने कुर्सी समेत छैन,’ महिला तथा बालबालिका संयोजक तारादेवी सुनुवारले भनिन् ‘व्यवस्थित कार्यालयको कुरा छोडौं ।’ व्यवस्थित कोठाको अभावमा शिक्षा र प्राविधिक लगायतका कार्यालयको कार्यसम्पादनमा पनि समस्या छ  । नगरपालिका र विषयगत कार्यालय एकै ठाउँमा नहुँदा सेवाग्राहीलाई नगरपालिकाको काम लिएर जाँदा धेरैतिर डुल्नु पर्दा झन्झट हुने गरेको छ । ‘स्थानीय तह कार्यान्वयनमा आएपछि एकै ठाउँमा काम होला भन्ने थियो,’ रानीपानीका दिलीप पौडेलले भने, ‘अहिले झनै दुःख भएको छ । पहिले एकठाउँबाट हुने काम गर्न अहिले चार–पाँच ठाउँमा पुग्नु पर्छ ।’
नेपाल समाचारपत्रबाट

Logo