धनगढी
शनिवार बसेको प्रदेश सभा बैठकमा राधा चौधरी माथि बोक्सीको आरोपमा भएको कुटपिट घटनाका लागि संसदीय छानबिन समिति गठनको माग गरिएको छ । "/>

राधा माथिको ज्यादति प्रकरण संसद्‍मा, दोषीलाई दण्डित गर्न माग

राधा माथिको ज्यादति प्रकरण संसद्‍मा, दोषीलाई दण्डित गर्न माग


धनगढी
शनिवार बसेको प्रदेश सभा बैठकमा राधा चौधरी माथि बोक्सीको आरोपमा भएको कुटपिट घटनाका लागि संसदीय छानबिन समिति गठनको माग गरिएको छ । प्रदेश सभाको बैठकमा विशेष समय माग गर्दै राजपाको तर्फबाट प्रदेश सभा सदस्य मालामती रानाले राधा चौधरी माथि भएको कुटपिट र अमर्यादित कार्यको छानबिनका लागि संसदीय समिति गठनको माग गरिन ।

‘राधा चौधरीलाई भोलेबाबा भनिने राम बहादुरले मात्रै कुटपिट गरेको होइन, त्यसमा पुरै गाउँ रमिते बनेको छ, त्यसैले उक्त घटना छानबिनका लागि संसदीय समिति गठन हुनु पर्ने माग गर्दछु’ संसद्को विशेष समयमा बोल्दै मालामतीले भनिन् । ‘यो अपराधको पराकाष्ठा हो, संलग्न सबैलाई कारबाही हुनुपर्छ’, उनले जोड दिइन् । उनले उजुरी दर्ता नगर्ने इलाका प्रहरी कार्यालय सुखडका प्रहरी अधिकृत र भोलेबाबा भनिने राम बहादुरलाई रहोबरमा प्रहरीबाट छुटाउने जनप्रतिनिधिहरूलाई पनि कानुनी कारबाहीको दायरामा ल्याउन संसद समक्ष माग गरिन ।

राधा माथि कुटपिट भएपछि इलाका प्रहरी कार्यालय सुखडमा गएका पीडितका आफन्तको उजुरी प्रहरीले दर्ता गर्न मानेको थिएन भने घोडाघोडी नगरपालिकाका मेयर ममता प्रसाद चौधरी र वडाअध्यक्षले कुटपिटमा संलग्न भोलेबाबा भनिने राम बहादुर चौधरीलाई संरक्षण गरेका थिए । शुक्रवार रामबहादुर चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सुखडका प्रहरी अधिकृतलाई स्पष्टीकरण सोधि सकिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक सागर बोहराले बताए ।
अन्नपूर्णबाट

Logo