पसलमा आगलागी हुँदा एक करोडको क्षति

पसलमा आगलागी हुँदा एक करोडको क्षति


राजविराज बजारमा शनिबार बिहान आगलागी हुँदा एक करोड रुपैयाको क्षति भएको छ । राजविराज नगरपालिका–७ हटियाका जुत्ता, चप्पल व्यवसायी नौसाद खातुनको पसलमा बिहान करिब दुई बजे आगो लागेको हो । 

आगलागीमा तीन तल्ले पक्की घरसहितको पसल जलेर नष्ट भएको छ । आगोले खातुनको नौसाद शु सेन्टर तथा गोदाममा राखिएको सम्पूर्ण जुत्ता, चप्पल जलेर नष्ट भएको छ । राजविराज, शम्भुनाथ, लहान र इनरुवाबाट आएको दमकलले बिहान ६ः३० बजे आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

आगलागीको कारण नखुले पनि बिजुली सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ । 

Logo