नेपाल vs अफगानिस्तान : दुवै टिमको हालत ‘गर या मर’

नेपाल vs अफगानिस्तान : दुवै टिमको हालत ‘गर या मर’


जिम्बाबेमा जारी ‘वर्ल्डकप क्वालिफायर’ क्रिकेट खेलमा आज नेपाल चीर प्रतिद्वन्दि अफगानिस्तानसँग भिड्दै छ।

बुलावायोस्थित एथ्लेटिक क्लबको मैदानमा खेलमा दुवै देशलाई जित्नैपर्ने दवाव छ । किनकी नेपाल यस अघि दुइ खेल पराजित भएका छन् भने अफगानिस्तानले तीन खेलमा हार व्यहोरीसकेका छन् । नेपाललाई आजको खेल जित्दै सुपरसिक्सको सम्भावना कायमै राख्नुपर्ने चुनौती छ ।

नेपाल र अफगानिस्तान ५० ओभरको खेलमा अहिलेसम्म ७ पटक खेलेका छन् । जसमा नेपाल एकपटक मात्र विजयी भएको छ । सन् २००४ को एसीसी ट्रफीमा पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेटमा आएको अफगानिस्तानलाई नेपालले ४७ रनले पराजित गरेको थियो । त्यसयताका ६ भेटमा नेपालले अफगानिस्तानलाई हराउन सकेको छैन ।

सन् २००६ को एसीसी ट्रफीमा ६४ रनले हारेको नेपालले २००८ को सोही प्रतियोगितामा ३ विकेटले पराजित भएको थियो । २००८ कै विश्व क्रिकेट लिग डिभिजन फाइभमा पनि नेपाल अफगानिस्तानसँग ३७ रनले पराजित भएको थियो । त्यस्तै सन् २०१० को एसीसी एलिट ट्रफीमा ९५ रन, २०१३ को इमर्जिङ टिम्स कपमा ३ रन र २०१४ को एसीसी प्रिमियर लिगमा १०४ रनले नेपाल पराजित भएको थियो । त्यसयता एकदिवशीय हुँदै टेष्ट मान्यता पाएको अफगानिस्तान र नेपाल एकदिवशीयमा अहिलेसम्म खेलेका थिएनन् । 

अफगानिस्तानका विस्फोटक ब्याट्सम्यान मोहम्मद सहजाद आज खेल्न पाउने छैनन् । खेल नेपाली समयअनुसार दिउँसो सवा १ बजे हुनेछ ।

Logo