बैंकिङ् क्षेत्रमा ‘भूकम्प’, २७ बैंकसँग एनआइसीको ‘ब्रेक अप’

बैंकिङ् क्षेत्रमा ‘भूकम्प’, २७ बैंकसँग एनआइसीको ‘ब्रेक अप’


नेपाल बैंकर्स संघले एनआइसी एशिया बैंकमाथि कारबाही गर्ने निर्णय गरेको छ । सहमतिविपरीत ब्याजदर बढाएर प्रणालीगत समस्या सिर्जना गरेको भन्दै संघले बैंकलाई कारबाही गर्न लागेको हो ।

शुक्रबार बिहान बसेको संघको आकस्मिक बैठकले बैंकलाई अन्तरबैंक कारोबारमा सहभागी नगराउने निर्णय गरिएको हो ।यो बिषयमा संघले राष्टबैंकलाई समेत जानकारी गराइसकेका छौ ।’ एनआइसी एशिया बैंकको कदमले बजारमा सिस्टेमिक रिस्क(प्रणालीगत जोखिम) आउने बताएको छ ।

संघमा आवद्ध बैंकहरुले बचत खातमा ८ र एक वर्षे मुद्धतिमा ११ प्रतिशतभन्दा बढी ब्याजदर कायम नगर्ने सहमति गरेका थिए । सहमति लगत्तै एनआईसी एसिया बैंकले बचतको ब्याजदर ८ प्रतिशतमा ओराले पनि बिहीबार फेरि बचतको ब्याज १० प्रतिशत र मुद्धतिमा १२ प्रतिशत ब्याज दिने निर्णय गरेको थियो ।

यसै बिषयमा मतभेद हुँदा बैंकका कार्यकारी अधिकृत लक्ष्मण रिसालले राजिनामा समेत दिईसकेका छन् ।

Skip This
Logo