#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व33091309999146764768924444474
नेपाल718214671834153013

जनप्रतिनिधिहरुको भत्ता आँखा अस्पताललाई सहयोग

मकवानपुरको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिकाका जनप्रतिनिधिहरुले आफ्नो भ्रमण भत्तावापतको रकम विकास निर्माणका लागि सहयोग गरेका छन् । जनप्रतिनिधिहरुले काम बिशेषले विभिन्न ठाउँमा जाँदा पाउने भत्ता स्थानीय आँखा अस्पतालको पूर्वाधार निर्माणमा लागि छुट्याएका हुन् ।

नगरपालिकाले जनप्रतिनिधिहरुको भ्रमण भत्तावापत चालु आर्थिक बर्षका लागि १० लाख रुपैंया विनियोजन गरेको थियो । उक्त रकम जनप्रतिनिधिहरुले बैठक बसेर निर्माणाधिन आँखा अस्पतालको पूर्वाधार निर्माणका लागि खर्च गर्ने निर्णय गरेका हुन् ।

“जन प्रतिनिधिहरुले टीए/डीए वापत पाउने रकम आँखा अस्पतालको पूर्वाधार निर्माणमा सहयोग गर्ने निर्णय गरेका हौ ।” नगरपालिकाका प्रमुख लबशेर बिष्टले भने । प्रमुख विष्टले जन प्रतिनिधिहरुले गत आर्थिक बर्षको भत्ता पनि विकास निर्माण कोषमा सहयोग गरेको जानकारी दिए । यो रकम आँखा अस्पतालसम्म जाने बाटो पिच गर्नका लागि खर्च गरिने भएको छ ।

भ्रमण भत्ता वापत नगरपालिका प्रमुखले २ हजार रुपैँया, उपप्रमुखले एक हजार ५ सय रुपैंया र वडाध्यक्षहरुले एक हजार रुपैंया पाउँछन् । यो नगरपालिकामा १० वटा वडा रहेका छन् ।

नगरपालिकाले तिलगँगा आँखा अस्पताल र हेटौडा सामुदायिक आँखा अस्पतालको समन्वयमा थानाबजारमा आँखा अस्पताल निर्माण गरिरहेको छ । २ रोपनी १४ आना क्षेत्रफलमा निर्माणाधिन अस्पताल बनाउन करिव ५० लाख रुपैंया लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । यो थाहा नगरपालिकाकै पहिलो आँखा अस्पताल हो ।

सम्बन्धित समाचारहरु

ताजा समाचार