प्रतिनिधिसभाको सभामुखका लागि आज उम्मेदवारी दर्ता गर्ने दिन । संसद् सचिवालयले उम्मेदवारी दर्ताका लागि बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मको समय तोकेको छ ।
वाम गठबन्धनबीच भएको पदीय भागबन्डा अनुसार सभामुख पद माओवादीको भागमा परेको छ । नेकपा माओवादी केन्द्रले सभामुखको चयन गर्न औपचारिक छलफल सुरु गरेको छ। सभामुखको उम्मेदवार टुंगो लगाउन पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा केन्द्रीय सचिवालय समितिको बैठक बिहान ८ बजे सुरु भएको छ।
बैठकले भोलि हुने सभामुख निर्वाचनमा पार्टीको तर्फको उम्मेदवारको टुंगो लगाउनेछ। सभामुखका लागि माओवादीभित्र आकांक्षीहरु धेरै देखिएका छन्। सभामुख बन्न पूर्व सभामुख ओनसरी घर्ती मगरदेखि नेता कृष्णबहादुर महरासम्मले अपेक्षा गरेका छन् । पार्टीभित्र देव गुरुङ, अग्नि सापकोटा, गिरिराजमणी पोखरेल लगायतका नेताले समेत सभामुखमा दाबी गर्दै आएका छन्।
सभामुख पदमा लागि शनिबार दिउँसो १ बजे निर्वाचन हुँदैछ।
प्रतिक्रिया