काठमाडौं
सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) बाट तयारी दही चोरी हुन्छ भनेर पत्याउन कठिन होला । तर यो सत्य हो । "/>

डीडीसीमा कर्मचारीबाटै दैनिक ६० हजारको दही चोरी !

डीडीसीमा कर्मचारीबाटै दैनिक ६० हजारको दही चोरी !


काठमाडौं
सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) बाट तयारी दही चोरी हुन्छ भनेर पत्याउन कठिन होला । तर यो सत्य हो । डीडीसीका विभिन्न आयोजनाबाट दैनिक ६० हजार भन्दा बढी मूल्य बराबरको दही चोरी हुने गरेको छ, त्यो पनि कर्मचारीबाटै , डीडीसी स्रोतका अनुसार लैनचौरस्थित दुग्ध पदार्थ बिक्रीवितरण आयोजना, बालाजुस्थित काठमाडौं दुग्ध वितरण आयोजना सहित विराटनगर, हेटौडा, जनकपुर, बुटबल, नेपालगन्ज र धनगढी आयोजनाबाट दैनिक ठूलो मूल्य बराबरको तयारी दही चोरी हुने गरेको छ । आयोजनाका कर्मचारीले बजारमा पठाउने नाममा कम लगत देखाएर बढी प्याकेट चोरेर लैजाने गरेको तथ्य खुलेको छ ।

स्रोतका अनुसार लैंनचौरको दुग्ध पदार्थ बिक्री वितरण आयोजनाबाट मात्रै दैनिक रुपमा २० हजार भन्दा बढी मूल्य बराबरको दहीको प्याकेट र जार चोरी हुने गरेको छ । केही दिन अघि कर्मचारीलाई कम लगत देखाएर गाडीमा राखेर बाहिर बढी प्याकेट लगेको डीडीसीको सुरक्षा गार्ड गोपाल निरौलाले फेला पारेका थिए । डीडीसी स्रोतका अनुसार निरौंलाले उक्त आयोजनामा काम गर्ने एक जना कर्मचारीलाई २८ लिटर दूध लुकाएर आफ्नो गाडीमा लगेको फेला पारेका थिए ।

सुरक्षा गार्ड निरौंलाले रोक्न धेरै प्रयास गरे पनि नाम नखुलेका उक्त कर्मचारीले दही लिएर बाहिरिएका थिए । ‘कर्मचारीले आफू खाने भनेर गोप्य रूपमा दैनिक दुई सय भन्दा बढी दहीको पोका र केही जार बाहिर लाने गरेका छन्’, स्रोतले भन्यो ,‘बाहिर जाने यस्तो दही कर्मचारीले केही सस्तो मूल्यमा बजारमा गएर बिक्री गरी आम्दानी गर्दै आएका छन् ।’ दही चोरी हुने घटनामा सञ्चालक समितिले दोषि उपर तत्काल कारबाही गर्न व्यवस्थापन पक्षलाई निर्देशन दिएको छ ।
अन्नपूर्णबाट

Logo