भद्रपुर
भारतीय सीमावर्ती नाकासँग जोड्ने झापाको भद्रपुरस्थित बहुप्रतिक्षित मेची नदीमा निर्माणाधिन पक्की पुल निर्माण सम्पन्नको अन्तिम चरणमा पुगे पनि पुलको पुर्व पश्चिम सडक निर्माण नगरेका कारण पुल सेल्फी खिच्न मात्र प्रयोग हुने गरेको पाइएको छ । "/>

झापाको मेची पुल सेल्फी खिच्नका लागि मात्र प्रयोग !

झापाको मेची पुल सेल्फी खिच्नका लागि मात्र प्रयोग !


भद्रपुर
भारतीय सीमावर्ती नाकासँग जोड्ने झापाको भद्रपुरस्थित बहुप्रतिक्षित मेची नदीमा निर्माणाधिन पक्की पुल निर्माण सम्पन्नको अन्तिम चरणमा पुगे पनि पुलको पुर्व पश्चिम सडक निर्माण नगरेका कारण पुल सेल्फी खिच्न मात्र प्रयोग हुने गरेको पाइएको छ ।

मेची पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको हुलाकी सडक आयोजना इटहरीले जनाएपनि सडक पुलसँग नजोडिएका कारण पुल माथि सेल्फी खिच्न मात्र प्रयोगमा आउने पाइएको हो । मेची पुलको निर्माण कार्य माघ मसान्त सम्म सम्पन्न हुने भनिएपनि ठेकदार कम्पनीले ढिला सुस्ती काम गरेका कारण निर्माण सम्पन्न हुन अझै केहि महिना लाग्ने बुझिएको छ । पुल निर्माण सम्पन्न भएपनि पुल जोड्ने सडक निर्माण कार्य अन्यौल भएका कारण मेची पुल प्रयोगविहीन हुने प्रष्ट देखिएको छ ।

पुलको पूर्व पट्टि अर्थात भारतीय भुमि (१०३ नम्बर सीमा पिलरसंग) जोड्ने डेढ सय मिटर सडक र पश्चिम पट्टि नेपालको २ सय ९० मिटर लम्बाई र ३० मिटर चौढाई भएको ग्राभेल सडक निर्माण कम्पनीले निर्माण गर्नु पर्ने ठेक्का सम्झौता भएको थियो । पूर्व पट्टि भारतको बंगाल तथा विहार राज्य पर्ने भएकोले सो सडकलाई विहार सरकारले जोडेर विस्तार गर्ने योजना अघि बढिसकेको पाइएको छ । विहार सरकारले सो सडक जोड्नलाई सडकको अनुगमन गरेर ३ सय ६० मिटर सडक निर्माणको लागि टेण्डर प्रक्रियामा गइसकेको बुझिएको छ ।

नेपाल तर्फ पुलको पश्चिम मुख देखि झापा चौक सम्म १३ सय ३० मीटर लम्बाइ र ३० मीटर चौडाइ हुने गरि सडक निर्माण गर्नु पर्ने देखिएको छ । पुलको ठेक्कामा परेको २ सय ९० मीटर बाहेक बाँकी सडकको डीपिआर मात्र सम्पन्न गरि विभाग पठाइएको छ । वि.स. २०६६ माघ २१ गते देखि मेची पुल निर्माण कार्य सुरु भएको हो । तीन बर्षमा निर्माण कार्य सम्पन्न हुनु पर्ने मेची पुल ९ बर्षपछि बल्ल बन्न लागेको छ । लगभग ९५ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेकोले अव दुई महिनामा पुल तयार हुनेछ ।
नेपाल समाचारपत्रबाट

Logo