काठमाडौँ
पाकिस्तानी प्रधानमन्त्री साहिद खकान अब्बासी दुई दिने नेपाल भ्रमण सकेर स्वदेश फर्किएका छन् । पाकिस्तानी विदेश कार्यालयको आधिकारिक वक्तव्य अनुसार यो भ्रमण क्षेत्रीय राष्ट्रहरूसँग सम्बन्ध बनार्इ राख्ने ‘तदारुकता तथा सक्रिय प्रयास’ हो । "/>

पाकिस्तानी प्रधानमन्त्रीको नेपाल भ्रमणप्रति भारतको चासो

पाकिस्तानी प्रधानमन्त्रीको नेपाल भ्रमणप्रति भारतको चासो


काठमाडौँ
पाकिस्तानी प्रधानमन्त्री साहिद खकान अब्बासी दुई दिने नेपाल भ्रमण सकेर स्वदेश फर्किएका छन् । पाकिस्तानी विदेश कार्यालयको आधिकारिक वक्तव्य अनुसार यो भ्रमण क्षेत्रीय राष्ट्रहरूसँग सम्बन्ध बनार्इ राख्ने ‘तदारुकता तथा सक्रिय प्रयास’ हो । केपी ओलीले प्रधानमन्त्रीको पदभार सम्हालेपछिको पहिलो ठूलो विदेशी टोलीको भ्रमण हो यो ।

पाकिस्तानी विदेश कार्यालयको वक्तव्यले नेपाललाई ‘महत्वपूर्ण क्षेत्रीय मुलुक तथा नजिकको मित्र’ को रूपमा उल्लेख गरेको छ । वक्तव्यमा भनिएको छ ‘आत्मीयता, अपसी सद्भाव र साझा चासोका विषय जस्ता विशेषताले हाम्रो सम्बन्धलाई बाँधेको छ । द्विपक्षीय तथा बहुपक्षीय फोरमहरूमा हामीले एक अर्का प्रति देखाएको सहयोगले दुई देशलाई अक्षुण्ण राखेको छ ।’

अब्बासीको नेपाल भ्रमणलाई लिएर भारतले केही प्रतिक्रिया जनाएको छैन । तर जानकारहरू भने विकसित परिवेशमा अब्बासीको भ्रमणलाई भारतले नजिकबाट नियालेको बताउँछन् । यस भ्रमणलाई भारतले चासोका साथ हेर्नुका मुख्य तीन कारण छन् । नेपाली प्रधानमन्त्री केपी ओली भारतका लागि प्रिय छैनन् । यसर्थ चीन परस्त नेताको रूपमा उनलाई हेरिएको छ । भारतका पूर्वविदेश सचिव कन्वाल सिबालका अनुसार ‘भारत विरुद्धको पाकिस्तान–चीन प्रयासमा नेपाल पनि जोडिने डर अहिले छ ।’ अर्कोतर्फ, भारत विरोधी कदमलाई विभिन्न माध्यमबाट पाकिस्तानले सहयोग गर्दै आएको छ । भारत विरुद्ध लड्न जइस इ महोमेद तथा लस्कर इ तोइबा जस्ता आतंकवादी समूहलाई पाकिस्तानले सहयोग गरेको छ । जइस इ महोमेद आतंकवादी समूहको नाइकेलाई संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय अपराधीको सूचीमा पर्न नदिन चीनले पाकिस्तानलाई सहयोग तथा बचाउ गरेको भारतको बुझार्इ छ ।
नयाँपत्रिकाबाट

Logo