इलाम
२० वर्ष भन्दा पुराना गाडी चल्न नदिने सरकारी निर्णय सच्याउन यातायात व्यवसायीले माग गरेका छन् । उनीहरूले गाडीको निर्माण अवधि बाहेक सबै मापदण्ड पालना गर्न आफूहरू तयार रहेको पनि जनाएका छन् । "/>

२० वर्ष पुराना गाडी नहटाउन व्यवसायीको अनुरोध

२० वर्ष पुराना गाडी नहटाउन व्यवसायीको अनुरोध


इलाम
२० वर्ष भन्दा पुराना गाडी चल्न नदिने सरकारी निर्णय सच्याउन यातायात व्यवसायीले माग गरेका छन् । उनीहरूले गाडीको निर्माण अवधि बाहेक सबै मापदण्ड पालना गर्न आफूहरू तयार रहेको पनि जनाएका छन् ।

व्यवसायीले स्थानीय प्रशासन मार्फत सरकारलाई ज्ञापनपत्र बुझाउँदै भौगोलिक विकटताको आवश्यकता र संवेदनशीलता ख्याल गरी वातावरणमा प्रतिकूल असर नपार्ने प्रमाणित भएका गाडी सञ्चालन गर्न दिनु पर्ने जनाएका हुन् । ‘ठाउँ–ठाउँमा गाडीको प्रदूषण जाच्ने मेसिन राखी फेल भएका सवारी साधनलाई विस्थापित गर्ने तर पास भएकालाई सञ्चालनमा अवरोध नगर्ने वैज्ञानिक नीति अवलम्बन गरियोस्,’ ज्ञापनपत्रमा भनिएको छ । उनीहरूले गाडीको २० वर्षे अवधि हचुवाका भरमा तोकिएको भन्दै यो निर्णय कार्यान्वयन भए १७ वर्ष पुगेपछि व्यवसायीले आफ्नो गाडी मर्मतमा पैसा खर्च नगर्ने गलत परिपाटी विकास हुने र बाँकी अवधिमा दुर्घटनाको जोखिम झन बढ्ने जनाएका छन् ।

सरकारले २० वर्ष भन्दा पुराना ल्यान्डरोभर र महिन्द्रा जीप सञ्चालनमा रोक लगाउने २ वर्ष अघिको निर्णय आउँदो चैत १ देखि लागू हुँदैछ । संघका अनुसार मेचीमा यस्ता सवारी साधनको संख्या ३ सय हाराहारी छ । यी सवारी रोक लगाउँदा ४ सय व्यवसायी र ६ सय भन्दा बढी मजदुर प्रत्यक्ष प्रभावित हुने संघले जनाएको छ । ‘नयाँ जीप खरिद र सञ्चालनमा सहुलियत नदिई पुराना सवारी एकैपटक हटाउँदा व्यवसायी र मजदुर मात्र होइन, सर्वसाधारण पनि यातायात सुविधाबाट वञ्चित हुनेछन्,’व्यवसायीहरुले बताए ।
नागरिकबाट

Logo