काठमाडौँ
राजनीतिक लडाइँ सकिएको भन्दै वाम गठबन्धनका शीर्ष नेताले अब आर्थिक विकास र समृद्धि मार्फत ५ वर्षमा नयाँ युगको आधार तय गर्ने प्रतिबद्धता जनाएका छन् । "/>

अब बाम सरकारले देशमा समृद्धिको आधार तय गर्ने : नेता नेपाल

अब बाम सरकारले देशमा समृद्धिको आधार तय गर्ने : नेता नेपाल


काठमाडौँ
राजनीतिक लडाइँ सकिएको भन्दै वाम गठबन्धनका शीर्ष नेताले अब आर्थिक विकास र समृद्धि मार्फत ५ वर्षमा नयाँ युगको आधार तय गर्ने प्रतिबद्धता जनाएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा एमाले वरिष्ठ नेता माधव कुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आर्थिक विकास र समृद्धिको यात्रामा साथ दिन प्रतिपक्षी दलसँग सहयोगका लागि आग्रह गरे ।

पूर्वप्रधानमन्त्री एवं एमाले नेता नेपालले चुनावबाट जनताले वाम गठबन्धनको काँधमा देश परिवर्तनको जिम्मेवारी दिएको भन्दै देशलाई रुपान्तरण गर्ने आँट र दृष्टिकोण राख्न सरकारलाई सुझाव दिए । ‘जनताले न्यायपूर्ण निर्णय गरेर वाम गठबन्धनको काँधमा जिम्मेवारी दिएका छन्’, नेपालले भने, ‘लोकतन्त्र खुम्चिन्छ कि, अधिनायकवाद आउँछ कि भनेर चिन्ता नगरौं । कम्युनिस्टहरू संस्थागत परिपाटी, विधि र कानुनी शासनमा विश्वास गर्छन् ।’

बहुमत प्राप्त भयो भन्दैमा गठबन्धनले अहंकार राख्न नहुने र प्रतिपक्षले पनि असहयोगको नीति लिन नहुनेमा नेपालले जोड दिए । संविधानसभा मार्फत संविधान बनाएर मुलुकमा दिगो शान्ति र संविधान कार्यान्वयन मार्फत राजनीतिक स्थिरताको आधार तय भएको नेता नेपालले बताए । उनले भने, ‘अब देशलाई रुपान्तरण गर्ने आँट र दृष्टिकोण चाहिन्छ । सरकार दह्रो भएर अघि बढोस् ।’ प्रतिपक्षले पनि सरकारलाई रचनात्मक सहयोग गर्नु पर्ने उल्लेख गर्दै नेता नेपालले भने, ‘सरकारलाई हनिमुन पिरियड पनि बिताउन दिन्न भन्ने भनार्इबाट उत्पन्न हुने परिणाम आफैंले भोग्नु पर्छ ।’
अन्नपूर्णबाट

Logo