काठमाडौँ
नेपालकै पहिलो कल‌ंकी चोकस्थित अन्डर पास (सुरुङ मार्ग) निर्माणलाई चीनले अन्तिम चरणमा पुर्‍याएको छ । "/>

कलंकीको अन्डरपास आगामी साउन सम्म सम्पन्न हुने

कलंकीको अन्डरपास आगामी साउन सम्म सम्पन्न हुने


काठमाडौँ
नेपालकै पहिलो कल‌ंकी चोकस्थित अन्डर पास (सुरुङ मार्ग) निर्माणलाई चीनले अन्तिम चरणमा पुर्‍याएको छ । साउन भित्र निर्माण सक्ने लक्ष्यका साथ रातदिन यहाँ काम भइरहेको छ । काठमाडौँ चक्रपथ सुधार योजना अन्‍तर्गत कंलकी अन्डरपासको काम तीब्र गतिमा भइरहेको हो । राजधानीकै सबैभन्दा ब्यस्त मध्ये एक कलंकीमा ट्राफिक जाम अन्त्य गर्ने लक्ष्यका साथ अन्डरपास निर्माण गरिएको हो ।

निर्माणधीन अन्डरपास ८ सय मिटर लामो छ । कंलकी चोकबाट बल्खु खण्डतर्फ ४ सय मिटर र सीतापाइला खण्डतर्फ ४ मिटर लामो छ । अन्डरपास माथिको खण्ड दायाँबायाँ २,२ लेन र अन्डरपास ४ लेनको हुनेछ । चक्रपथ सुधार योजनाका इन्जिनियर निरन्जन अर्यालले अन्डरपासको ८५ प्रतिशत काम सकिएको जानकारी दिए । कुनै अवरोध नभएमा सन् २०१८ जुलाई सम्ममा सडकको काम पनि सकिनेछ । हामी जुलाई भित्रमा कुनै हालतमा पनि काम सक्ने गरी निर्माण कार्य गरिरहेका छौँ । इन्जिनियर अर्यालले भने । चीनको ५ अर्ब रुपैयाँ अनुदान सहयोगमा उक्त सडकको निर्माण भइरहेको बताइएको छ ।
अन्नपूर्णबाट

Skip This
Logo