पोखरा
बैंक तथा वित्तीय संस्थाहरूले एकतर्फी रूपमा कर्जाको ब्याज बढाएको भन्दै पोखराका निजी क्षेत्रले विरोध गरेका छन् । "/>

बैंकहरूको एकतर्फी ब्याजवृद्धिमा व्यवसायीको विरोध

बैंकहरूको एकतर्फी ब्याजवृद्धिमा व्यवसायीको विरोध


पोखरा
बैंक तथा वित्तीय संस्थाहरूले एकतर्फी रूपमा कर्जाको ब्याज बढाएको भन्दै पोखराका निजी क्षेत्रले विरोध गरेका छन् ।बैंकहरूले बढाएको ब्याजदरका कारण उद्योग व्यवसायमा परेको प्रभावबारे पोखरा उद्योग वाणिज्य संघले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रमका सहभागीहरूले एकतर्फी ब्याज बढाउने रबैया प्रति विरोध जनाएका हुन् ।

ब्याजदर बढेका कारण व्यवसाय तहसनहस भएको भन्दै उनीहरूले बैंक तथा वित्तीय संस्थाहरूलाई नाफामुखी मात्र नहुन आग्रह समेत गरेका छन् । एउटा एसएमएसका आधारमा ब्याजको दर बढाउने गरेको भन्दै उनीहरूले निमायक निकायले यस सम्बन्धमा ठोस पहल गरी उद्योगीहरूको समस्या समाधान गरिदिन माग समेत गरेका छन् ।

कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले ७ प्रतिशतमा लिएको ऋणको ब्याज १४ प्रतिशत पुगेको बताए । ‘ब्याजको दर दोब्बर बनाउँदा बैंकहरूलाई कति नाफा भयो होला ? तर यस्तो अवस्थामा व्यापार–व्यवसाय सञ्चालन गर्न हामीलाई भने कठिनाइ भएको छ,’ उनले भने, ‘बैंक तथा वित्तीय संस्थाहरूको नियतमै खोट छ ।’ बैंकहरूले एकतर्फी ब्याज बढाउँदा नियमनकारी निकाय नेपाल राष्ट्र बैंकले अनुगमन र कारबाही गर्नु पर्ने व्यवसायीहरूले बताएका छन् । ब्याजदर बढेको सम्बन्धमा पोखराका उद्योगी व्यवसायीहरूले मुख्यमन्त्री, अर्थमन्त्री र प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने भएका छन् ।
नयाँ पत्रिकाबाट

Skip This
Logo