सिन्धुपाल्चोक
मेलम्ची खानेपानी आयोजनामा कार्यरत कामदारहरू काम ठप्प पार्दै आन्दोलनमा उत्रिएका छन् । आयोजना निर्माणको जिम्मा पाएको इटालियन कम्पनी सीएमसीले ६ महिना देखि तलब र अन्य सुविधा नदिएको भन्दै कामदारहरू आन्दोलनमा उत्रिएका हुन् । "/>

तलब नपाएको भन्दै मेलम्ची खानेपानी आयोजनाका कामदार आन्दोलनमा

तलब नपाएको भन्दै मेलम्ची खानेपानी आयोजनाका कामदार आन्दोलनमा


सिन्धुपाल्चोक
मेलम्ची खानेपानी आयोजनामा कार्यरत कामदारहरू काम ठप्प पार्दै आन्दोलनमा उत्रिएका छन् । आयोजना निर्माणको जिम्मा पाएको इटालियन कम्पनी सीएमसीले ६ महिना देखि तलब र अन्य सुविधा नदिएको भन्दै कामदारहरू आन्दोलनमा उत्रिएका हुन् । बहुचर्चित मेलम्ची खानेपानी आयोजना राष्ट्रिय गौरवको आयोजना हो । वैशाख भित्र राजधानीवासीलाई पानी खुवाउने लक्ष्यका साथ काम अगाडि बढेको दाबी गरे पनि कामदार आन्दोलनमा उत्रिएपछि समयमै आयोजना सम्पन्न हुन नसक्ने संकेत देखिएको छ ।

यसअघि पनि आयोजनाका कामदार तलब नपाइएको भन्दै आन्दोलनमा उत्रिएका थिए । त्यतिबेला छिट्टै तलब लगायत अन्य सेवासुविधा दिने सहमति भए पनि कार्यान्वयनमा नआउँदा आन्दोलनमा उत्रिनु परेको एक कर्मचारीले जानकारी दिए । मेलम्ची खानेपानी आयोजनाको काम भइरहेको सुन्दरीजल, अम्बाथान, सिन्धु अडिट र ग्याल्थुम गरी चार साइटबाट काम भइरहेको छ । यतिखेर चारै साइटमा काम बन्द छ ।

मेलम्ची खानेपानी आयोजनाले ठेकेदारलाई विवाद समाधान गरी काम सुचारु गर्न निर्देशन दिएको कार्यकारी निर्देशक रामचन्द्र देवकोटाले बताए । ‘आज या भोलि सम्म कामदारहरूको हिसाब किताब मिलाउँछु भनेको छ,’ देवकोटाले भने । कामदारहरूले ६ महिनाको तलब नपाएको बताए पनि कार्यकारी निर्देशक देवकोटाले भने दुई÷तीन महिनाको मात्रै तलब नपाएको सूचना पाएको दाबी गरे ।
राजधानीबाट

Logo