काठमाडौं
निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनका लागि आज मतदाताहरूको नामावली प्रकाशन गर्ने भएको छ । फागुन २९ गतेका लागि तय गरिएको निर्वाचनका लागि मतदाता नामावली प्रकाशनसँगै निर्वाचन कार्यक्रम औपचारिक शुरुआत हुने आयोगले जनाएको छ । "/>

राष्ट्रपति निर्वाचनका लागि आज मतदाताहरूको नामावली प्रकाशन गरिने

राष्ट्रपति निर्वाचनका लागि आज मतदाताहरूको नामावली प्रकाशन गरिने


काठमाडौं
निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनका लागि आज मतदाताहरूको नामावली प्रकाशन गर्ने भएको छ । फागुन २९ गतेका लागि तय गरिएको निर्वाचनका लागि मतदाता नामावली प्रकाशनसँगै निर्वाचन कार्यक्रम औपचारिक शुरुआत हुने आयोगले जनाएको छ । यसअघि निर्वाचनको प्रक्रिया अघि बढाउन नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसर भित्र राष्ट्रपति निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको थियो । आयोगका प्रवक्ता नवराज ढकालका अनुसार आज सोमबार निर्वाचन अधिकृतको कार्यालयमा मतदाताहरूको नाम सार्वजनिक गरिनेछ ।

‘नाम सार्वजनिक गर्न सबै तयारी पूरा भएको छ । मतदाता नामावली पनि क्रमबद्ध रूपमा मिलाएर प्रकाशन गर्न तयारी अवस्थामा राखेका छौं ।’ –निर्वाचन अधिकृत तीलप्रसाद श्रेष्ठले भने । राष्ट्रपतिको निर्वाचन संघीय संसद्का सदस्य र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुने संविधानमा उल्लेख गरिएको छ । सोही अनुरूप आयोगले निर्वाचन मण्डलमा रहेका सदस्यको नाम समावेश गरी मतदाता नामावली प्रकाशन गर्ने प्रवक्ता ढकालले जानकारी दिए । संघीय संसदमा राष्ट्रियसभाका ५९ र प्रतिनिधिसभाका २ सय ७५ सदस्य रहेका छन् । त्यस्तै प्रदेशसभामा ५ सय ५० सदस्य रहेको छ । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि कुल मतदाताहरू ८ सय ८४ रहेका छन् ।

मतदाता नामावली प्रकाशनसँगै सोमबार नै मतदाता नामावलीमा छूट नाम समावेश गर्न तथा विवरण सच्याउन दरखास्त दिने एवं मतदाता नामावलीउपर दाबी विरोधको उजुरी दिने कार्यक्रम तय गरिएको छ । दाबी विरोध वा नाम सच्याउन उजुरी परेमा त्यसको छानविन गरी मंगलबार अन्तिम नामावली प्रकाशन गरिने छ । त्यसै गरी २३ गते उम्मेदवार मनोनयन दर्ता गर्ने कार्यपत्र तय गरिएको छ । उम्मेदवारको दाबी विरोधमा उजुरी दिने पनि सोही दिन गरिनेछ । फागुन २४ गते उम्मेदवारको मनोनयनपत्र उपर जाँचबुझ गर्ने र मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गरिनेछ ।

२४ गते नै उम्मेदवारको नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिनेछ । २९ गते बिहान १० बजेदेखि अपरान्ह ३ बजे सम्म संघीय संसद भवनमा राष्ट्रपति निर्वाचनको मतदान हुनेछ । त्यसपछि तत्काल मतगणना हुनेछ । मतगणनामा संघीय संसद्प्रति सांसदको ७९ मतभार र प्रादेशिक संसद्को प्रत्येक सांसदको ४८ मतभार तोकिएको छ ।
नेपाल समाचारपत्रबाट

Skip This
Logo