धनगढी
टीकापुर घटनाको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका रेशम चौधरी लगायत २४ जना थुनुवाहरुले कैलाली कारागारमा अनशन सुरु गरेका छन् । "/>

शपथ ग्रहणको माग गर्दै रेशम चौधरी कारागार भित्रै अनशनमा

शपथ ग्रहणको माग गर्दै रेशम चौधरी कारागार भित्रै अनशनमा


धनगढी
टीकापुर घटनाको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका रेशम चौधरी लगायत २४ जना थुनुवाहरुले कैलाली कारागारमा अनशन सुरु गरेका छन् । तीन बुँदे माग राख्दै उनीहरुले आज साँझ पाँच बजे देखि अनशन सुरु गरेका हुन् ।

चौधरीलाई विजयको प्रमाणपत्र दिनु पर्ने र शपथ ग्रहणको व्यवस्था मिलाउनु पर्ने अनशनकारीहरुको माग छ । त्यस्तै टीकापुर घटनामा आरोपित २६ जनालाई तत्काल क्षतिपूर्ति सहित रिहाई गरिनु पर्ने र थरुहटका माग सम्बोधन गरिनु पर्ने माग गर्दै उनीहरुले अनशन सुरु गरेको बताइएको छ । उक्त घटनाको अभियोगमा २४ जना कैलाली करागारमा छन् भने दुई जना नाबालकलाई पोखरा ण्स्थित बालसुधार गृहमा राखिएको छ ।

Skip This
Logo