काभ्रे
सर्वसाधारणलाई छिमेकी देश भारत लगायतका विभिन्न मुलुकहरुमा राम्रो काममा पठाइदिने भन्दै रकम असुली गरी गलत देश, स्थान र सम्झौता भन्दा फरक काममा पठाउने दलालीका नाईकेलाई प्रहरीले पक्राउ गरेको छ । "/>

बैदेशिक रोजगारीको आशामा काभ्रेका सयौं युवा यसरी ठगिए

बैदेशिक रोजगारीको आशामा काभ्रेका सयौं युवा यसरी ठगिए


काभ्रे
सर्वसाधारणलाई छिमेकी देश भारत लगायतका विभिन्न मुलुकहरुमा राम्रो काममा पठाइदिने भन्दै रकम असुली गरी गलत देश, स्थान र सम्झौता भन्दा फरक काममा पठाउने दलालीका नाईकेलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकालाई ठगी मुद्दा चलाईएको छ । जिल्लाको खानीखोला गाउँपालिका वडा नम्वर ५ बस्ने वर्ष २७ का प्रेम बल लामा, उनकी कान्छी श्रीमती लिलामाया तामाङ मोक्तान, संजय रेश्मि मगर र उनको श्रीमती हेलेन रेश्मी मगर, बाराका उदयराज पाण्डे, रौतहटका निक्मा लामा भनिने राजु लामा र अमित तिमल्सिनाको समुहले नेपालबाट झण्डै पाँच सय युवाहरुलाई प्रति ब्यक्ति २ लाख ८ हजारका दरले ठगी गरेका छन् ।

शनिबार बनेपामा पत्रकारहरुको सम्पर्कमा आईपुगेका दर्जन युवाहरुले भईरहेको शिक्षकको जागिर छोडेर धेरै रकम प्राप्त हुने प्रलोभनमा ठगिएको गुनासो गरे । केहि बेरोजगार युवाहरु खेतबारी धितो राखेर उनिहरुको सम्पर्कमा पुगेका थिए भने केहि ले भएको जागिर छोडेर धेरै रकम प्राप्त हुने प्रलोभनमा फसेको बताए ।

उक्त समुहले गाउँमा सोझा सर्वसाधारणहरुलाई झुक्यादै रकम असुल गरी शुरुमा विरगञ्ज र पछि भारतमा पठाउने काम गर्दै आएका थिए । ०७४ साउन ३१ गते बेथाञ्चोक गाउँपालिका वडा नम्वर ६ का २२ बर्षिय ओमविक्रम लामालाई ठगी गरेपछि प्रेम विरुद्ध जाहेरी परेको थियो । जाहेरीका आधारमा पक्राउ परेका बललाई ठगी सम्वन्धी मुद्दामा कारवाही प्रकृया अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रमुख एसपी सहकुल बहादुर थापाले जानकारी दिए ।

उक्त समुहको ठगिमा पर्नेहरुमा काभ्रे जिल्ला बेथाञ्चोक गाउँपालिका ६ का ओम विक्रम लामा, सोहि वडाका विवेक वाईवा, इमान सिं थोकर, विकास थोकर, गोजकुमार थोकर, वेथान्चोक २ का विजय थोकर, खानीखोला ५ का विवेक वाईवा, बेथान्चोक २ कै विजय स्याङ्गतान, बेथान्चोक ६ का युवराज लामा, धर्मलाल लामा, सुरज लामा, सन्तलाल रुम्बा, खानिखोला ६ का सुवास थिङ्ग, पाँचखालका कृष्णकुमार राई, खानीखोला ६ का महेन्द्र पाख्रिन, बेथान्चोक २ का सञ्जय पूलामी, खानिखोला ६ का राजेन्द्र थोकर र छेवाङ्ग स्याङ्गतान, बेथान्चोक ३ का विकास लामा, सिन्धुपाल्चोकका टेम्बा लामा, सिन्धुलीका उमेश पहाडी, दिपक काफ्ले, नारायण घिमीरे, ओखलढुंगाका सिताराम लुईटेल, सिन्धुलीकै कमल दाहाल, सिराहाका रोहित खतिवडा र तनहुँका सजेष्ट आले मगर रहेका छन् ।
नेपाल समाचारपत्रबाट

Logo