काठमाडौँ ।  प्रहरीको खोजी सूचीमा रहेका एमाले सांसद नवराज सिलवाल प्रहरीकै घेरा तोडेर संसद भित्र पुगेका छन् । "/>

प्रहरीको खोजी सूचीमा रहेका नवराज सिलवाल कसरी पुगे संसद भित्र ?

प्रहरीको खोजी सूचीमा रहेका नवराज सिलवाल कसरी पुगे संसद भित्र ?


काठमाडौँ । प्रहरीको खोजी सूचीमा रहेका एमाले सांसद नवराज सिलवाल प्रहरीकै घेरा तोडेर संसद भित्र पुगेका छन् । सिलवाल आज बानेश्वरस्थित संघीय संसद भवनभित्र प्रवेश गरेका हुन् ।

आइजिपी बढुवा सम्बन्धी मुद्दामा सिलवालले पेश गरेको कार्यसम्पादन मूल्यांकन (कासमू) सम्बन्धी कागजपत्र कीर्ते रहेको भन्दै अनुसन्धान गरी कारबाही गर्न सर्वोच्च अदालतले आदेश दिएको थियो। त्यसपछि उनी फरार रहँदै आएका छन् । सिलवालले सरकारले प्रतिशोध स्वरुप आफूविरुद्ध मुद्दा चलाउन खोजेको आरोप लगाउँदै आएका छन्। 

एमाले र माओवादी केन्द्रका सांसदहरुको संयुक्त बैठकमा सहभागी जनाउन उनी संसद भवन प्रवेश गरेका हुन् । बैठकमा दुवै दलका पार्टी अध्यक्षले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।  संसदीय अभ्यास र गतिविधिका विषयमा सांसदहरुलाई प्रशिक्षण दिने कार्यतालिका छ । 

निर्वाचनपछि संसदको पहिलो बैठक २१ गते बस्दैछ। प्रतिनिधिसभाका सांसद्हरुको सपथ भोलि हुँदैछ।

Logo