काठमाडौं
बलिउडका चर्चित अभिनेता सलमान खानको उपस्थितिमा काठमाडौँमा हुन लागेको दब्याङ्ग टुर स्थगित भएपछि बेचिएका ५ हजार थान टिकटबारे विभिन्न प्रश्न उठ्न थालेको छ । "/>

सलमान ५ हप्ता पछि अर्को मितीमा नेपाल आउने !

सलमान ५ हप्ता पछि अर्को मितीमा नेपाल आउने !


काठमाडौं
बलिउडका चर्चित अभिनेता सलमान खानको उपस्थितिमा काठमाडौँमा हुन लागेको दब्याङ्ग टुर स्थगित भएपछि बेचिएका ५ हजार थान टिकटबारे विभिन्न प्रश्न उठ्न थालेको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको धम्कीपछि फागुन २६ गते हुन लागेको दब्याङ्ग टुर स्थगित भएसँगै कार्यक्रमका लागि बेचिएका टिकट आयोजकले फिर्ता गर्लान् या नगर्लान् ?

यो कार्यक्रम आयोजन गर्न लागेको इभेन्ट म्यानेजमेन्ट कम्पनी ओडिसी इन्टरटेन्मेन्टका सीमान्त गुरुङले अहिले बेचिएकै टिकटबाट सलमानलाई अर्को मितिमा नेपाल ल्याइने दाबी गरेका छन् । ‘अहिले बेचिएकै टिकटबाट अर्को मितिमा कार्यक्रम गर्छौँ, त्यसका लागि सलमानसँग कुरा भइरहेको छ’, सीमान्तले भने, ‘करिब ४ हप्ता सम्म सलमान भारतको पुणे सहितका स्थानमा ठुला कार्यक्रममा सहभागी हुने व्यस्त सेड्युल छ । हामी चार देखि पाँच हप्ताको बीचमा अहिले बेचिएकै टिकटबाट अर्को शो गर्ने गरी सलमानसँग कुरा गरिरहेका छौँ ।’

सीमान्तले अहिले टिकट किनेकाहरु मध्ये जरुरी परेका र अर्को शोमा उपस्थित हुन नसक्नेरुको पैसा पनि फिर्ता गर्ने बताए । ‘विदेश जान लागेका तथा अन्य कारणले कार्यक्रममा उपस्थित हुन नसक्नेको पैसा हामी फिर्ता गर्छौँ’, उनले भने, ‘हामीलाई विश्वास गर्नुस्, अहिलेकै टिकटबाट सलमानको कार्यक्रममा सहभागी हुने व्यवस्था गर्छौँ । सलमान नेपाल आउन कम्तिमा चार देखि पाँच हप्ता लाग्छ । त्यही अनुसार अहिले हामी सलमानसँग छलफलमा छौँ ।’ सलमानलाई नेपाल ल्याउनका लागि उनी सहितका कलकारको पारिश्रमिक पनि पठाइसकेकाले कार्यक्रम गर्नुको अर्को विकल्प नहुने उनको भनार्इ छ ।
अन्नपूर्णबाट

Logo