धनगढी
पहाड, तराई र हिमालका ९ जिल्ला जोडिएको प्रदेश ७ को नाम के राख्ने भनेर प्रदेशसभा बैठकमा र सासंदबीच छलफल नहुँदै नागरिकस्तरमा व्यापक बहस सुरु भएको छ । "/>

प्रदेश नामाकरण बहस, सांसद भन्दा नागरिक अगाडि

प्रदेश नामाकरण बहस, सांसद भन्दा नागरिक अगाडि


धनगढी
पहाड, तराई र हिमालका ९ जिल्ला जोडिएको प्रदेश ७ को नाम के राख्ने भनेर प्रदेशसभा बैठकमा र सासंदबीच छलफल नहुँदै नागरिकस्तरमा व्यापक बहस सुरु भएको छ । नाम के राख्ने भन्ने विषयमा चिया पसल देखि समाजिक सञ्जाल सम्म बहस तातेको छ । सामाजिक सञ्जालमा विभिन्न व्यक्तिले आफ्ना राय राख्न थालेका छन् भने बौद्धिक जमातले पनि आफूले अघि सारेका नामलाई पुष्टि गर्न तर्क गर्न सुरु गरेका छन् ।

‘नागरिकस्तरमा प्रदेशको नाम के राख्ने भनेर व्यापक चासो देखिएको छ,’ ऐश्वर्य बहुमुखी क्याम्पसका प्रमुख धर्मदेव भट्ट भन्छन्, ‘सबैतिर नामबारे बहस सुरु भएको छ ।’ प्रदेशसभा बैठक र सासंद भन्दा पनि एक कदम अघि बढेर नागरिक समाज नामबारे बहसमा उत्रेको हो । प्रदेश ७ अन्य भन्दा विविधता र फरक महत्त्वको रहेकाले बहस र छलफल गरेर दिगोरूपमा राम्रो प्रभाव पार्ने नाम राख्नु पर्ने स्थानीय बताउँछन् ।

‘हिमाल, पहाड र तराई मिलेर बनेको यो प्रदेशको पहिचान अन्य प्रदेश भन्दा फरक र विशेष छ,’ सूदुरपश्चिम विश्वविद्यालयका पूर्व रजिष्ट्रार तथा कैलाली बहुमुखी क्याम्पसका प्राध्यापक डा. हेमराज पन्त बताउँछन् । अलगअलग पहिचान भएकाले सबैको भावना र पहिचान समेटेर नाम राख्न सांसद र प्रदेशसभा बैठक अघि नै समाजमा छलफल र बहस चलेको कुरालाई उनी सकरात्मक बताउँछन् ।
नागरिकबाट

Logo