नुवाकोट
सडक विस्तारका कारण दैनिक ६ घण्टा बन्द हुँदै आएको गल्छी–स्याफ्रुबेंसी सडकखण्डमा ११ दिन सवारी साधन आवतजावत गर्न बन्द नहुने भएको छ । "/>

महोत्सवलाई लक्षित गर्दै गल्छी–स्याफ्रुबेंसी सडक ११ दिन बन्द नहुने

महोत्सवलाई लक्षित गर्दै गल्छी–स्याफ्रुबेंसी सडक ११ दिन बन्द नहुने


नुवाकोट
सडक विस्तारका कारण दैनिक ६ घण्टा बन्द हुँदै आएको गल्छी–स्याफ्रुबेंसी सडकखण्डमा ११ दिन सवारी साधन आवतजावत गर्न बन्द नहुने भएको छ । नुवाकोट र धार्दिङ दुवै जिल्लामा बुधबार देखि शुरु भएको महोत्सवलाई लक्ष्य गर्दै उक्त सडकखण्ड महोत्सव अवधिभर सञ्चालन हुने योजना पक्षले जनाएको छ । महोत्सवमा आउनेहरुलाई सहज आवतजावत गर्न यही फागुन १६ गते देखि २६ गते सम्म यातायात बन्द नगर्ने सहमति भएको छ ।

सडक स्तरोन्नतीका लागि फागुन १ गते देखि प्रत्येक दिन बिहान ११ बजे देखि साँझ ५ बजे सम्म यातायात सञ्चालनमा रोक लगाइएकोमा हाललाई खुला भएको नुवाकोट प्रहरी प्रमुख वसन्त कुँंवरले जानकारी दिए । ०७३ कात्तिक २२ गतेको मन्त्रिपरिषद निर्णय अनुसार राष्ट्रिय गौरवका रुपमा शुरु भएको सडकको स्तरोन्नति तथा विस्तारको काम ६ महिना थप सहित गरी २७ महिना (२०७५ फागुन ५) मा सम्पन्न गर्नु पर्ने सम्झौता छ । उक्त सडकको कार्य प्रगति गत माघ मसान्त सम्म आर्थिकतर्फ २१.३ र प्राविधिकतर्फ १४.३५ प्रतिशत भएको योजना प्रमुख सुबोध देवकोटाले जानकारी दिए ।
रासस

Logo