चेन्नई
काञ्चीमठका प्रमुख शंकराचार्य जयेन्द्र सरस्वतीको बुधवार तमिलनाडुको काञ्चीपुरमा ८२ वर्षको उमेरमा देहावसान भएको छ । "/>

शंकराचार्य जयेन्द्र सरस्वतीको ८२ वर्षको उमेरमा निधन

शंकराचार्य जयेन्द्र सरस्वतीको ८२ वर्षको उमेरमा निधन


चेन्नई
काञ्चीमठका प्रमुख शंकराचार्य जयेन्द्र सरस्वतीको बुधवार तमिलनाडुको काञ्चीपुरमा ८२ वर्षको उमेरमा देहावसान भएको छ । श्वास प्रश्वासमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । गतवर्ष देखि उनको स्वास्थ्यमा समस्या देखिएको थियो ।

कैयौं शैक्षिक संस्थान, अस्पताल जस्ता सामाजिक संस्था सञ्चालन गर्दै आएको काञ्ची कामकोटि पीठको स्थापना पाँचौंँ शताब्दीमा आदि शंकराचार्यले गरेका थिए । उनी त्यसै मठको ६९ औं प्रमुख थिए । २२ मार्च सन् १९५४ मा उनलाई चन्द्र शेखरेन्द्र सरस्वती स्वामिगलका उत्तराधिकारी घोषित गर्दै श्री जयेन्द्र सरस्वतीको उपाधि दिइएको थियो । उनी माथि सन् २००४ मा एक कर्मचारीको हत्या गरेको आरोप लागेको थियो । जयललिता सरकारले उनलाई गिरफ्तार पनि गरेको थियो । सन् २०१३ मा अदालतले उनी लगायत आरोपितलाई निर्दोष घोषणा गरेको थियो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उनको निधनमा दुःख प्रकट गरेका छन् । जयेन्द्रसँग खिचेको तस्बिर ट्विट गर्दै मोदीले लेखेका छन्, ‘ श्री काञ्ची कामकोटि पीठका आचार्य जगद्गुरु पूज्य श्री जयेन्द्र सरस्वती शंकराचार्यको निधनबाट निकै दुःखी छु । उहाँ आफ्नो सेवा र विचारद्वारा लाखौं श्रद्धालुको मन र मस्तिष्कमा सधैं जीवन्त रहनु हुनेछ ।’ जयेन्द्रले सन् १९८३ मा शंकर विजयेन्द्र सरस्वतीलाई आफ्ना उत्तराधिकारी घोषणा गरेका थिए ।
एजेन्सी

Logo