सिमिकोट
भिरबाट लडेर गम्भीर घाइते भएकी चंखेल्नी गाउँपालिका–६ पुमाकी ६ वर्षीया बालिका नम्रता बुढालाई नेपाली सेनाको हेलिकप्टरले उद्धार गरेको छ । "/>

भिरबाट लडेकी बालिकाको सेनाको हेलिकोप्टरबाट उद्धार

भिरबाट लडेकी बालिकाको सेनाको हेलिकोप्टरबाट उद्धार


सिमिकोट
भिरबाट लडेर गम्भीर घाइते भएकी चंखेल्नी गाउँपालिका–६ पुमाकी ६ वर्षीया बालिका नम्रता बुढालाई नेपाली सेनाको हेलिकप्टरले उद्धार गरेको छ । सदरमुकाम सिमकोट देखि ३२ कोष टाढाको पुमामा मङ्गलवार लडेकी बुढालाई बुधवार सिमकोटबाट उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले बताए ।

आमासँग गाई चराउन वनमा गएका बेला लडेकी बालिकाको टाउकोमा गम्भीर चोट लागेर जिल्लामा उपचार हुन नसकेपछि थप उपचारका लागि नेपालगञ्ज लैजान सेनाको हेलिकोप्टर आएको हो । बालिकाको उद्धारका लागि गृह मन्त्रालयको सिफारिसमा सेनाले हेलिकोप्टर लिएकोे प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिए ।
अन्नपूर्णबाट

Logo