वीरगन्ज
वीरगन्जलाई प्रदेश २ को राजधानी बनाउन माग गर्दै आन्दोलनरत पक्षले होलीभरी आन्दोलन स्थगित गरेपनि होलीपछि आन्दोलन अझ चर्काउने उद्घोष गरेको छ । "/>

वीरगन्जको आन्दोलन होलीभरीलाई स्थगित : ५६ दिन देखि रिले अनशन

वीरगन्जको आन्दोलन होलीभरीलाई स्थगित : ५६ दिन देखि रिले अनशन


वीरगन्ज
वीरगन्जलाई प्रदेश २ को राजधानी बनाउन माग गर्दै आन्दोलनरत पक्षले होलीभरी आन्दोलन स्थगित गरेपनि होलीपछि आन्दोलन अझ चर्काउने उद्घोष गरेको छ । बिगत ५६ दिन देखि घण्टाघरमा रिले अनशन गरिरहेको संघर्ष समितिले होली मिलन समारोह गरी वीरगन्ज बजार बन्दको घोषणा गरेको हो । शान्तिपूर्ण आन्दोलन गर्दा सम्बन्धित निकायले चासो नदिएकोले कडा आन्दोलनमा जाने निर्णयमा पुगेको संघर्ष समितिका सहसंयोजक एवं पूर्व सांसद राजकुमार गुप्ताले बताए । ‘हामीले शान्तिपूर्ण आन्दोलन गर्यौं, राजधानी बनाउने बारे सम्बन्धित निकायले चासो दिएन । वार्ताको नाममा ललिपप देखाउने काम भयो’ उनले भने ‘ त्यसैले थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छौं ।’

उनले आन्दोलनको स्वरुप परिवर्तन भएपनि रिले अनसन नहटाउने बताए । ‘आन्दोलनको स्वरुप फेरे पनि रिले अनसन हटाउँदैनौं, यथावत राख्छौं’ नेता गुप्ताले भने ‘वीरगन्जलाई राजधानी नबनाए सम्म आन्दोलन रोकिंदैन ।’ होली मिलन समारोहमा बोल्ने वक्ताहरुले होली लगत्तै आन्दोलन चर्काउने बताएका छन् । संघर्ष समितिले फागुन २३, २४ र २५ गते बारा, पर्सा, रौतहटमा वीरगञ्ज राजधानी बनाउन जागरण अभियान सञ्चालन गर्ने, २६ गते अन्र्तक्रिया कार्यक्रम गर्ने, २७ गते मशाल जुलुस प्रदर्शन गर्ने र २८ गते वीरगन्ज बन्द गर्ने आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।

यद्यपी वीरगन्ज निवासी रहेका मुख्यमंत्री लालबावु राउतले बार्ताबाट समस्या समाधान गर्न सकिने बताएका छन् । प्रदेश सरकार र आन्दोलनकारी बीच बार्ता भएपनि त्यो असफल भएको छ तर बार्ता फेरि हुने दुबै पक्षले बताएका छन् ।
नेपाल समाचारपत्रबाट

Logo