काठमाडौं
संविधान संशोधन सुनिश्चित गरेर संघीय समाजवादी फोरमलाई सरकारमा ल्याउन आज सहमति हुने एमाले नेता सुवास नेम्वाङले बताएका छन्  । "/>

फोरमलाई सरकारमा सहभागी गराउन संविधान संशोधन सहितका बुँदामा आज सहमति हुँदै

फोरमलाई सरकारमा सहभागी गराउन संविधान संशोधन सहितका बुँदामा आज सहमति हुँदै


काठमाडौं
संविधान संशोधन सुनिश्चित गरेर संघीय समाजवादी फोरमलाई सरकारमा ल्याउन आज सहमति हुने एमाले नेता सुवास नेम्वाङले बताएका छन्  । सोमबार सत्तारुढ दल र फोरम बीच भएको छलफल निष्कर्ष उन्मुख रहेको र आज सामान्य छलफलपछि सहमतिपत्रमा हस्ताक्षर हुने नेम्वाङले बताए ।

‘फोरम सरकारमा जानेबारे छलफल निष्कर्षउ न्मुख भएको छ । बुधबार करिब एक घन्टा छलफल भएर सहमति हुनेछ,’ नेम्वाङले भने, ‘संविधानको कुन–कुन विषय संशोधन गर्ने सहमति दुवै पक्षले मस्यौदा बनाएर बुधबार टुंग्याइनेछ ।’ आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन गर्न एमाले विगत देखि नै लचक रहेकाले फोरमसँग सहमति नजिक पुग्न सहज भएको पनि उनले बताए । फोरमले कति र कुन मन्त्रालय पाउने टुंगो पनि आजै लाग्नेछ । प्रधानमन्त्री ओली र फोरम अध्यक्ष उपेन्द्र यादवले यो विषय टुंग्याउने छन् । फोरम सरकारमा सहभागी हुने विषयमा मंगलबार एमाले नेता नेम्वाङ र फोरमका राजेन्द्र श्रेष्ठ तथा राम सहाय यादव बीच छलफल भएको थियो ।
नयाँपत्रिकाबाट

Logo