बाग्लुङ
महिला बालबालिका तथा समाज कल्याणमन्त्री थममाया थापाले अहिलेको सरकार ढुक्कसँग पाँच वर्ष चल्ने बताएकी छिन् । ३६ औँ मगर स्थापना दिवसको अवसरमा नेपाल मगर संघ नगर प्रारम्भिक समिति बागलुङले आयोजना गरेको कार्यक्रममा उक्त कुरा बताएकी हुन् । "/>

ढुक्क हुनुहोस्, यो सरकार पाँच वर्ष चल्छ : मन्त्री थापा

ढुक्क हुनुहोस्, यो सरकार पाँच वर्ष चल्छ : मन्त्री थापा


बाग्लुङ
महिला बालबालिका तथा समाज कल्याणमन्त्री थममाया थापाले अहिलेको सरकार ढुक्कसँग पाँच वर्ष चल्ने बताएकी छिन् । ३६ औँ मगर स्थापना दिवसको अवसरमा नेपाल मगर संघ नगर प्रारम्भिक समिति बागलुङले आयोजना गरेको कार्यक्रममा उक्त कुरा बताएकी हुन् । उनले देशमा राजनितिक स्थिरता भईसकेको हुनाले अहिलेको सरकार ५ वर्ष ढुक्क सँग चल्ने बताइन् ।

मगरले देशमा सामाजिक र आर्थिक समृद्धि बामपन्थी सरकारले मात्र ल्याउने बताउँदै यो सरकार उत्पिडितहरुको पक्षमा बोल्नेमा जोड दिइन । उनले देशमा कम्युनिष्टहरुले बहुमतको सरकार ल्याएका कारण सामाजिक तथा आर्थिक रुपान्तरण गर्ने शक्तिका रुपमा स्थापित हुने उल्लेख गरिन् । नेपाल बहुभाषी, र बहु जाती भएको राष्ट्र भएका कारण आफ्नो संस्कृति र परम्परा जर्गेनाका लागि सबै तहबाट लाग्न जरुरी रहेको भन्दै संस्कृति संरक्षणका लागि राज्यले उचित किसिमको सम्मान व्यक्त गर्नु पर्ने बताइन् । मन्त्री थापाले सरकारले स्थानिय सरकारसँग समन्वय गरी हरेक समुदायको गतिवधिमा सरोकार राख्ने बताईन ।

नयाँपत्रिकाबाट

Logo