पाल्पा

पूर्वी पाल्पाका पूर्वखोला, निस्दी गाउँपालिका र रामपुर नगरपालिकाको डाँडा बस्तीमा खानेपानीको अभाव भएको छ । "/>

दुई घण्टा पैदल हिँडेर पानी बोक्न बाध्य

दुई घण्टा पैदल हिँडेर पानी बोक्न बाध्य


पाल्पा

पूर्वी पाल्पाका पूर्वखोला, निस्दी गाउँपालिका र रामपुर नगरपालिकाको डाँडा बस्तीमा खानेपानीको अभाव भएको छ । मुहान सुक्न थालेपछि यहाँका स्थानीय बासिन्दा खानेपानीका लागि एक/दुई घण्टा पैदल हिँडेर पानी बोक्न बाध्य छन् । 

पूर्वखोला गाउँपालिका–१, डिलकुमारी परियारले जमलिया पँधेराबाट सिलुवाको डाँडामा पानी डोकोमा बोक्दा बिहान बित्छ । बूढेसकालमा डोकोमा पानी बोकेर दैनिक ल्याउनुपर्ने बाध्यता टरेको छैन । उकालोमा दैनिक दुई तीन गाग्री पानी बोकेर टार्नुपर्ने अवस्था छ । 

सरकारले घरघरमा खानेपानीको धारा जडान गर्ने नीति ल्याए पनि दलित बस्तीमा खानेपानीको समस्यामा कमी आएको छैन । सार्वजनिक धारा, कुवा संरक्षण गर्न छाडेर सरकारले प्रत्येक घरमा खानेपानीका धारा जडान गर्ने काम प्रभावकारी हुन नसक्दा दलित समुदाय सबैभन्दा बढी समस्या भोग्न बाध्य छन् । 

उकालोमा पानी बोक्दा समस्या हुन्छ, तर पनि हाम्रो दलित बस्तीमा खानेपानीको समस्या रहिआएको दुखेसो डिलकुमारी परियारको छ । खानेपानी समस्याका कारण दैनिक दुई तीन घण्टा पैदल हिँडेर पानी बोक्नुपर्ने समस्या निस्दी गाउँपालिका–५, गल्धाकी नरपति विकको पनि समस्या फरक छैन । तानसेन– रामपुर सडकको स्तरवृद्धि गर्दा खानेपानीको मुहान धसिएपछि खोलामा नै जानुपर्ने समस्या रहेको छ । 

गरिबीका कारण समेत खेतीयोग्य जमिनमा पहुँच नहुँदा डाँडाबस्तीमा बस्न बाध्य दलित समुदायको खानेपानीदेखि सबै क्षेत्रमा अझै पहुँच पुग्न सकेको छैन । 

डाँडाबस्ती खानेपानीको सधैँ अभाव हुने र प्रशस्त जमिन नहुने, जमिन भएपनि डाँडापाखामा अन्नबालीसमेत प्रशस्त नहुँदा दलित समुदायका आधारभूत समस्या समाधान गर्नुपर्ने देखिएको छ । रासस

Logo