गौर
जिल्ला अदालतमा बहस सुन्न पुगेका दुई जना महिलालाई प्रहरीले अदालत परिसरमै कुटपिट गरेका छन् । बालक हत्याको बिषयमा अभियुक्तहरुलाई अदालतमा बहस गराउन लगेको समयमा त्यहाँ पुगेका पीडित पक्षका महिलालाई सुरक्षाकर्मीहरुले कुटपिट गरेका हुन् । "/>

अदालत परिसरमै प्रहरीद्वारा वृद्धा कुटिइन्

अदालत परिसरमै प्रहरीद्वारा वृद्धा कुटिइन्


गौर
जिल्ला अदालतमा बहस सुन्न पुगेका दुई जना महिलालाई प्रहरीले अदालत परिसरमै कुटपिट गरेका छन् । बालक हत्याको बिषयमा अभियुक्तहरुलाई अदालतमा बहस गराउन लगेको समयमा त्यहाँ पुगेका पीडित पक्षका महिलालाई सुरक्षाकर्मीहरुले कुटपिट गरेका हुन् । राजपुर नगरपालिका–९ बैरियाटोलमा माघ ९ गते ८ वर्षीय बालक महफुज देवानलाई धारिलो हतियारले हत्या गरेको घटनामा सोमवार पाँच अभियुक्तलाई अदालत पेश गरिएको थियो ।

जिल्ला अदालतमा बहस सुन्न मृतक बालककी ५५ वर्षीया हजुरआमा कोरैसी फकिरीसहित २४ जना भन्दा धेरै स्थानीय अदालतमा प्रवेश गर्न खोज्दा प्रहरीले कुटपिट गरेका हुन् । अमब्या खातुन र मृतक बालककी हजुरआमा कोरैसीलाई अदालत परीसरमा रहेका महिला प्रहरीले कुटपिट गरेको प्रत्यक्षदर्शी मन्तजिर आलमले बताएका छन् ।

घाइते महिलाहरुको संबेदनशील अंगमा चोट लागेको गौर अस्पतालका अहेव पंकज ठाकुरले जानकारी दिएका छन् । रौतहटका प्रहरी उपरिक्षक यज्ञविनोद पोखरेलले अदालत परीसरमा न्याय सम्पादनलाई प्रभावित गर्ने उद्देश्यले केही व्यक्ति प्रवेश गर्न लाग्दा सुरक्षाकर्मीले रोकेको बताएका छन् । सुरक्षाकर्मीले नियतवश कसैलार्इ कुटपिट नगरेको समेत प्रहरी उपरीक्षक पोखरेलले दाबी गरे । घाइते खातुनलाई गौरबाट थप उपचारका लागि वीरगञ्ज पठाइएको छ । अर्की महिलाको गौर अस्पतालमै उपचार भइरहेको छ ।
अन्नपूर्णबाट

Logo