काठमाडौं
प्रधानमन्त्री केपी ओलीले आफू प्रधानमन्त्री नियुक्त भएको ११ दिन पछि सोमबार मन्त्रिपरिषद विस्तार गर्न लागेका छन् । "/>

सरकार विस्तार आजः अझै टुंगिएनन् मन्त्रीहरु

सरकार विस्तार आजः अझै टुंगिएनन् मन्त्रीहरु


काठमाडौं
प्रधानमन्त्री केपी ओलीले आफू प्रधानमन्त्री नियुक्त भएको ११ दिन पछि सोमबार मन्त्रिपरिषद विस्तार गर्न लागेका छन् । पार्टी एकतामा सहमत माओवादी र आफ्नै पार्टी नेतालाई समेटेर प्रधानमन्त्रीले दोश्रो चरणमा सोमबार मन्त्रिपरिषद विस्तार गर्न लागेका हुन् ।

मन्त्रिपरिषद विस्तारको तयारीका लागि एमाले–माओवादी दुवैले आइतबार आ–आफ्ना पार्टी नेतासँग सामूहिक, एक्ला एक्लै छलफल समेत गरी आन्तरिक तयारी गरेका थिए । प्रधानमन्त्री ओलीले माओवादी अध्यक्ष दाहालसँग आइतबार साँझ प्रधानमन्त्री निवासमा झन्डै एक घण्टा एक्लै भेट गरी सरकार विस्तारका विषयमा छलफल गरेका थिए । ‘प्रधानमन्त्रीले अब सरकार विस्तार गर्नु हुन्छ’, एमाले महासचिव ईश्वर पोखरेलले भने, ‘सरकार विस्तारकै लागि उहाँले माओवादी अध्यक्षसँग छलफल गर्नु भएको छ ।

प्रधानमन्त्री र माओवादी अध्यक्ष बीच सोमबार मन्त्रिपरिषद विस्तार गर्ने समझदारी भए पनि दुवै पार्टीले अझै सरकारमा पठाउने मन्त्रीको टुंगो भने लगाउन सकेका छैनन् । दुवै पार्टीमा आकांक्षी नेताको संख्या बढी भएको र आकांक्षी मध्ये पनि धेरैले गृह, अर्थ जस्ता महत्वपूर्ण मन्त्रालयमै दाबी नछाडेका कारण ओली–दाहाल दुवै निर्णयमा पुग्न सकिरहेका छैनन् । माओवादीले प्रदेशस्तरबाट सम्भावित मन्त्रीहरूको सूची तयार पारेर छनोटको काम बाँकी राखेको छ । एमालेमा पनि अध्यक्ष ओलीले वरिष्ठ नेतासँग परामर्श गरेर नाम तय गर्न थालेका छन् । यद्यपि निर्णयमा भने ओली पनि पुगि सकेका छैनन् । दुवै पार्टीले सांसदहरूको प्रेसर कम गराउन भए पनि सोमबार मध्यान्ह्स म्म मात्रै नाम फाइनल गर्ने गरी तयारी गरेका छन् । ‘सोमबार बिहान कार्यालयको बैठक बसेर मात्र पार्टीबाट सरकारमा जाने मन्त्रीको नाम फाइनल हुन्छ, अहिले नै टुंगि हालेको छैन’, माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुषालले भनिन्।

अन्नपूर्णबाट

Logo