काठमाडौं
वर्ष दिन अघि पुनर्जीवन पाएको नेपाल औषधि लिमिटेडले पछिल्लो पटक उत्पादन थालेको सिटामोल सरकारले किनिदिए मात्र उद्योग सञ्चालन गर्न सकिने अवस्था छ । "/>

नेपाल औषधि लिमिटेडले सिटामोल उत्पादन थाल्यो

नेपाल औषधि लिमिटेडले सिटामोल उत्पादन थाल्यो


काठमाडौं
वर्ष दिन अघि पुनर्जीवन पाएको नेपाल औषधि लिमिटेडले पछिल्लो पटक उत्पादन थालेको सिटामोल सरकारले किनिदिए मात्र उद्योग सञ्चालन गर्न सकिने अवस्था छ । हाल सरकारले वार्षिक झन्डै १३ करोड ट्याब्लेट सिटामोल निजी क्षेत्रबाट खरिद गर्दै आएको छ ।

यही परिमाणमा सरकारले औषधि लिमिटेडसँग औषधि किनिदिने हो भने उद्योगले खुवाउनु पर्ने तलब खर्च धानिन्छ । सात वर्ष देखि बन्द यो उद्योग करिब १० महिना अगाडि सञ्चालनमा आएको हो । पुनर्संञ्चालनमा आएपछि जीवनजल उत्पादन सुरु गरेको उद्योगले बुधबारदेखि सिटामोट उत्पादन पनि थालेको छ । उद्योगलाई दीर्घजीवन दिन सरकारले यहाँबाट उत्पादित सिटामोल किनिदिए मात्र पुग्ने लिमिटेडका महाप्रबन्धक रोभसकुसम सुवेदीले बताए । ‘सरकारले हाल किन्दै आएको सिटामोल औषधि लिमिटेडबाट किनिदिएमा हाम्रो सम्पूर्ण तलब धानिन सक्छ,’ सुवेदीले भने, ‘सिटामोल र जीवनजल जस्ता औषधि खरिद गरेमा यो उद्योगलाई राम्रोसँग सञ्चालन गर्दै प्रतिस्पर्धामा लैजान सकिन्छ ।’

हाल स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा विभागले वार्षिक १३ करोड ट्याब्लेट सिटामोल निजी औषधि उद्योगबाट खरिद गर्दै आएको छ । विभागले वार्षिक १ करोड प्याकेट जीवनजल पनि खरिद गर्दै आएको छ । यी दुवै औषधि नेपाल औषधी लिमिटेडबाट सरकारले किन्ने प्रक्रिया मिलाउन छलफल भइरहेको सुवेदीले बताए । उनका अनुसार यस उद्योगले उत्पादन गर्ने सम्पुर्ण औषधि सरकारले खरिद गर्ने विषयमा समझदारी पत्र तयार पार्न सामग्री व्यवस्थापन शाखासँग छलफल भइरहेको छ । ‘यसो हुन सकेमा सरकारलाई औषधि खरिद गर्न सजिलो हुनेछ भने उद्योग पनि सजिलै सञ्चालन हुनेछ’, सुवेदीले भने ।
नागरिकबाट

Logo