काठमाडौं
स्वेच्छिक अवकाशका लागि करिब ३ हजार कर्मचारीले आवेदन दिएका छन् । सरकारले ४५ दिनको समय दिएर समायोजनमा जान नचाहने कर्मचारीका लागि स्वेच्छिक अवकाशको अवसर घोषणा गरेको थियो । "/>

स्वेच्छिक अवकाशमा जान इच्छुक कर्मचारी ३ हजार मात्रै

स्वेच्छिक अवकाशमा जान इच्छुक कर्मचारी ३ हजार मात्रै


काठमाडौं
स्वेच्छिक अवकाशका लागि करिब ३ हजार कर्मचारीले आवेदन दिएका छन् । सरकारले ४५ दिनको समय दिएर समायोजनमा जान नचाहने कर्मचारीका लागि स्वेच्छिक अवकाशको अवसर घोषणा गरेको थियो । सरकारले दिएको ४५ दिनको समय १३ फागुनमा सकिँदैछ ।

बिहीबार सम्म देशभर करिब ३ हजार कर्मचारीले निवेदन दिएको विवरण प्राप्त भएको सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले जानकारी दिए । तर सबै कार्यालयले मन्त्रालयलाई विवरण उपलब्ध गराइ नसकेकाले निवेदन दिएकाको संख्या वृद्धि हुन सक्ने उनको भनार्इ छ । ‘हामीले हरेक जिल्ला प्रशासन कार्यालयबाट विवरणहरू लिइरहेका छौँ,’ प्रवक्ता न्यौपानले भने, ‘तर कतिपय कार्यालयले म्याद सकिएपछि मात्र जिल्ला प्रशासनलाई विवरण बुझाउन पनि सक्छन्, त्यसकारण अहिले ठ्याक्कै यति नै हो भन्न सकिएन ।’

तर मन्त्रालयले अनुमान गरेकोभन्दा निकै कम संख्यामा कर्मचारीले स्वेच्छिक अवकाश रोज्ने स्थिति देखिएको छ । स्रोतका अनुसार सरकारले निजामती कर्मचारीको अवकाशको उमेरहद ५८ बाट ६० वर्ष पुर्‍याउने तयारी गरेको छ । नयाँ सरकार गठनसँगै सरकारले निजामती कर्मचारीको उमेरहद दुई वर्ष बढाउने तयारी गरेको स्रोतले जनाएको छ ।
नयाँपत्रिकाबाट

Logo