काठमाडौं
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वामपन्थीहरुलाई नै उपयोग गरेर एकता भत्काउन ठूलो षडयन्त्र गर्न सक्ने खतरा रहेको बताएका छन् । "/>

वाम एकता भत्काउन वामपन्थी भित्रकै समूह उपयोग हुन सक्छ : प्रचण्ड

वाम एकता भत्काउन वामपन्थी भित्रकै समूह उपयोग हुन सक्छ : प्रचण्ड


काठमाडौं
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वामपन्थीहरुलाई नै उपयोग गरेर एकता भत्काउन ठूलो षडयन्त्र गर्न सक्ने खतरा रहेको बताएका छन् । राजधानीमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले एकताबाट तर्सेका दक्षिणपन्थी शक्तिहरुले वामपन्थी भित्रकै समूहहरुलाई उपयोग गरेर एकता भत्काउन जुनसुकै सीमा सम्म जान सक्ने सम्भावना रहेको औंल्याए ।

पार्टी एकता गर्ने पहल सुरु भएपछि बिभिन्न कोणबाट विचार विमर्श भएको बताउनु उनले एकथरिले बिरोध र अर्कोथरिले समर्थन गरेको चर्चा गरे । उनले भने, ‘राजनीतिक, वैचारिक, सैद्धान्तिक र जनताको जीवनमा असर पर्ने किसिमले पनि बहस सुरु भएको छ । एकथरिले अनिष्ट सुरु भयो भनेका छन् । अर्कोथरिले बिल्कुल ठीक भयो भन्दै अनुमोदन गरेका छन् ।’

लेखक रामराजा रेग्मीद्वारा लिखित ‘नेपालको इतिहास, एक माक्र्सवादी दृष्टिकोण’ पुस्तकको विमोचन गर्दै अध्यक्ष प्रचण्डले वाम एकताले नेपाली समाजको समृद्धि, स्थायित्व विकास र सुशासनको जनताको चाहनालाई पुरा गर्ने भन्दै जनताले अनुमोदन गरे पनि यसलाई अनिष्टको संज्ञा दिनेहरुले षडयन्त्र गर्न सक्ने बताए ।
नयाँपत्रिकाबाट

Logo