सुर्खेत
प्रदेश ६ का मुख्यमन्त्री महेन्द्र बहादुर शाही कालो बोका बली चढाएर सरकारी क्वार्टरमा सरेका छन् । मुख्यमन्त्री नियुक्त भएपछि होटलमा बस्दै आएका उनले कालो बोका ढालेर सरकारी क्वार्टर भित्र पस्ने साइत जुराएका हुन् । "/>

कालो बोको ढालेर सरकारी निवासमा मुख्यमन्त्रीको प्रवेश !

कालो बोको ढालेर सरकारी निवासमा मुख्यमन्त्रीको प्रवेश !


सुर्खेत
प्रदेश ६ का मुख्यमन्त्री महेन्द्र बहादुर शाही कालो बोका बली चढाएर सरकारी क्वार्टरमा सरेका छन् । मुख्यमन्त्री नियुक्त भएपछि होटलमा बस्दै आएका उनले कालो बोका ढालेर सरकारी क्वार्टर भित्र पस्ने साइत जुराएका हुन् । यसअघि क्षेत्रीय प्रशासक बस्दै आएको वीरेन्द्रनगरस्थित क्वार्टरमा आइतवार विहान बोका ढालेपछि उनी सरकारी क्वार्टरमै बस्न थालेका छन् । मुख्यमन्त्री बनेपछि शुक्रवार र शनिवार गरी दुई दिन होटलमा बसेका उनलाई आइतवार विहान मात्र सरकारी क्वार्टरमा बस्ने साइत जुरेको हो ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका कर्मचारीहरुले कालो बोकाको व्यवस्थापन र अन्य विधि पूरा गरेपछि मात्र मुख्यमन्त्री शाही सरकारी क्वार्टरमा सरेका हुन् । मुख्यमन्त्री क्वार्टरमा पस्नुअघि कालो बोका ढालिएपछि त्यहाँ पुगेका माओवादीका केही सांसद, नेता र कार्यकर्ताहरु आश्चर्यमा परेका छन् ।

बधाई तथा शुभकामना दिन पुगेका कार्यकर्ता र सर्वसाधारणहरु भने विगतमा धर्म निरपेक्षताको चर्को वकालत गरेको पार्टीको नेताले नै मुख्यमन्त्री बनेपछि कालो बोका बली चढाएर क्वार्टरमा सरेको भन्दै कानेखुसी गरिरहेका थिए ।
अन्नपूर्णबाट

Logo