काठमाडौं
दुवै पार्टीका ‘मार्ग निर्देशक सिद्धान्त’ लाई एकताको महाधिवेशन मार्फत छिनोफानो लगाउने गरी एमाले र माओवादीले पार्टी एकतालाई अन्तिम रूप दिने भएका छन् । "/>

ओली-प्रचण्डको निष्कर्श : सिद्धान्तको टुंगो महाधिवेशनबाट

ओली-प्रचण्डको निष्कर्श : सिद्धान्तको टुंगो महाधिवेशनबाट


काठमाडौं
दुवै पार्टीका ‘मार्ग निर्देशक सिद्धान्त’ लाई एकताको महाधिवेशन मार्फत छिनोफानो लगाउने गरी एमाले र माओवादीले पार्टी एकतालाई अन्तिम रूप दिने भएका छन् ।

एकीकृत पार्टीको दुई अध्यक्ष (केपी ओली र पुष्पकमल दाहाल) ले संयुक्त नेतृत्व गर्ने, आलोपालो प्रधानमन्त्री बन्ने सम्मका विषयमा सहमति जुटाइसकेका दुई पार्टी बीच एकीकृत पार्टीको मार्ग निर्देशक सिद्धान्त केलाई बनाउने भन्नेमा विवाद देखिँदा एकता प्रक्रियामा जटिलता देखिएको थियो । तर शनिबार र आइतबार दुवै पार्टीका अध्यक्ष बीचको ‘वन टु वन’ छलफलले वैचारिक राजनीतिक विषयमा सहमति जुटाएकाले अब एकता प्रक्रिया करिब निष्कर्षमा पुगेको माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले बताइन् ।

प्रधानमन्त्रीको निजी निवास बालकोटमै शनिबार छलफल गरेका दुई अध्यक्षले आइतबार भने झापाको मेडिकल कलेजका व्यापारी दुर्गा प्रसाईंको भक्तपुर सानोठिमी स्थित निवासमा पाँच घण्टा सम्म ‘लन्च मिटिङ’ गरेका थिए । ‘दुई नेता बीचको शनिबार र आइतबारका दुवै वार्ता सकारात्मक भएका छन्, अब केही गडबड नदेखिए सम्भवतः सोमबार एकता संयोजन समिति बैठक बसेर एकतालाई निष्कर्षमा पुर्‍याउने निर्णय आउन सक्छ’, भुसालले भनिन् ।
अन्नपूर्णबाट

Logo