#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व5483257913246891536007538147815
नेपाल209776122135125173430
काठमाडौं । युएईमा जारी पहिलो एकदिवसीय क्रिकेटमा नेपालले खराब ब्याटिङ गरेको छ । घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) लाई ११४ रनको टार्गेट दिएको छ ।दुबईस्थित आईसीसी क्रिकेट एकेडेमीमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा ३३.५ ओभरमा अलआउट हुँदै ११३ रन बनायो ।नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३० रन बनाए। यस्तै आरिफ शेखले २५ रन बनाउँदा कप्तान पारस खड्काले २० रन जोडे।सन्दिप लामिछानेले १५ रन बनाए । अन्य कुनै पनि नेपाली खेलाडीले दोहोरो रनको स्कोर जोड्न सकेनन् । ओपनर ज्ञानेन्द्र मल्ल पहिलो ओभरमै शून्य रनमा आउट भए ।युएईका लागि सुरूवाती कप्तान मोहम्मद नाभिद र आमिर हायातले ३-३ विकेट लिँदा इमरान हैदारले २ विकेट लिए । क्वादेर अहमदले १ विकेट लिएका छन्।

नेपालको कमजोर ब्याटिङ, युएईलाई ११४ रनको लक्ष्य पेश

काठमाडौं । युएईमा जारी पहिलो एकदिवसीय क्रिकेटमा नेपालले खराब ब्याटिङ गरेको छ । घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) लाई ११४ रनको टार्गेट दिएको छ ।

दुबईस्थित आईसीसी क्रिकेट एकेडेमीमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा ३३.५ ओभरमा अलआउट हुँदै ११३ रन बनायो ।

नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३० रन बनाए। यस्तै आरिफ शेखले २५ रन बनाउँदा कप्तान पारस खड्काले २० रन जोडे।

सन्दिप लामिछानेले १५ रन बनाए । अन्य कुनै पनि नेपाली खेलाडीले दोहोरो रनको स्कोर जोड्न सकेनन् । ओपनर ज्ञानेन्द्र मल्ल पहिलो ओभरमै शून्य रनमा आउट भए ।

युएईका लागि सुरूवाती कप्तान मोहम्मद नाभिद र आमिर हायातले ३-३ विकेट लिँदा इमरान हैदारले २ विकेट लिए । क्वादेर अहमदले १ विकेट लिएका छन्।

सम्बन्धित समाचारहरु

ताजा समाचार