भाइटीकाको भोलिपल्ट मंसिर २ गते सार्वजनिक बिदा

भाइटीकाको भोलिपल्ट मंसिर २ गते सार्वजनिक बिदा


काठमाडौं ।

सरकारले मंसिर २ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले आज एक सूचना जारी गर्दै आउँदो मंगलबार अर्थात मंसिर २ गते सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ।

गृहका प्रवक्ता चक्रबहादुर बुढाले किजा पूजाको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको भन्दै उक्त दिन सरकारी कार्यालय बन्द रहने जनाएका हुन्।

मंसिर १ गते भाइटीका छ । त्यसको भोलिपल्ट नेवार समुदायले किजा पूजा अर्थात् भाइ पूजा मनाउने गर्छन् ।

Logo