‘रिंकीबुङको राँगो’ मा रमेश प्रसाईंकाे बेजाेड प्रस्तुति (भिडियाे)

‘रिंकीबुङको राँगो’ मा रमेश प्रसाईंकाे बेजाेड प्रस्तुति (भिडियाे)


काठमाडौं ।

आफ्ना तार्किक अभिव्यक्तिका कारण सामाजिक सञ्जालहरुमा सधैं चर्चामा रहने रमेश प्रसाईं पछिल्लो समय फरक परिचयका साथ चर्चित छन् ।

केही समय अघि उनले पहिलो पटक गाएको काँठे भाकाको गीतले युट्युबको ट्रेन्डिङमा ठाँउ बनाएपछि दर्शक श्रोताले उनलाई गायकको रुपमा निकै रुचाएको प्रष्ट भएको थियो । फेरि यहि शिलशिलालाई पछ्याउँदै रमेशले अर्को गीत बजारमा ल्याएका छन् ।

यसपटक भने उनले वरिष्ठ गायक तथा संगीतकार सुरेश गन्धर्वलाई समर्पित गर्दै उनकै पुरानो गीत रिंकीबुङको राँगोमा आफ्नो स्वर दिएका छन् । जसलाई पनि दर्शक श्रोताहरुले निकै माया दिएका छन् ।

आफ्नो पालाका निकै चर्चित गायक तथा गायक हुन् सुरेश गन्धर्व। उनको यो रिंकीबुङको राँगोमा बोलको गीतलाई फूल लाउँला केसरीबाट पनि चिनिन्छ जुन तत्कालिन समयमा निकै चर्चित थियो । तर आफ्नो समयका चर्चित गायक सुरेशको अहिलेको अवस्था भने निकै दयनिय रहेको छ । उनी दीर्घरोगी पनि भएका छन् । यस्तो अवस्था देखेपछि उनको जीवनस्तर केही उकास्न सकिन्छ की भन्ने हेतुले यस गीतलाई फेरि जगाएको र आफू लगायत आफ्नो टीमले सक्दो आर्थिक सहयोग गरेको गीतका निर्देशक दीपक आचार्य बताउँछन् ।

कलाकर्मीलाई देशको गहना भने पनि त्यसलाई सरकारले व्यवहारमा उतार्न नसक्दा वरिष्ठ कलाकारहरु समेत बुढेसकालमा पुगेपछि बेसाहारा बन्नु परेको साथै कसैले पनि याद समेत नराख्ने गरेको उनको गुनासो छ ।

त्यसकारण दीपकले यही गीतमार्फत सुरेश र सुरेशको अस्तित्व फेरि एकपटक उजागर पार्ने कोसिस गरेका छन् । उनले सम्पूर्णलाई आफूले सक्दो सहयोग गरिदिन पनि आग्रह गरेका छन् ।

 

Skip This
Logo